April 2nd, 2018

३.२८ अंकले घट्यो सेयर बजार, कारोबार साढे २० करोडमा सीमित

बैंकिङ खबर । सोमबार सेयर बजार ३.२८ अंकले घटेर ११९२.९६ अंकमा कायम भएको छ । फाइनान्सबाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ३३.४८ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंकm जलविद्युत्, बीमा, अन्य र लघुवित्त समूह क्रमशः १.९६, १६.५४, ३.६४, ६.२४, २३.५८, ०.६ र ५.२६ अंकले घटेका छन् । 

कारोबार रकममा पनि आइतबारको तुलनामा भारी गिरावट आएको छ । दिनभरिमा १५६ वटा कम्पनीको १० लाख ७० हजार एक सय ९२ कित्ता सेयर तीन हजार सात सय ५१ पटक खरिदविक्री हुँदा जम्मा २० करोड ५९ लाख ३९ हजार तीन सय १५ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल  लाइफ  इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, युनाइटेड इन्स्योरेन्स, चिलिमे हाइड्रो, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक र नेपाल इन्स्योरेन्सको क्रमशः ८१ लाख, ६७ लाख, ६३ लाख, ६१ लाख, ६१ लाख, ५९ लाख र ५४ लाख रुपैयाँको कारोबार भएको छ । 

सोमबार ४७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । स्वदेशी लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ८.८९ प्रतिशतका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनान्स, एभरेष्ट इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गुडविल फाइनान्स, दिव्यश्वरी हाइड्रो, रिडी हाइड्रो, जलविद्युत् लगानी तथा विकास कोष, जनता बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, ग्लोबल आईएमई समुन्नत स्किमका सेयरधनीले ५.६८ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, सांग्रिला डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, राधी विद्युत् कम्पनी, युनाइटेड मोदी हाइड्रो, सृजना फाइनान्स, नयाँ नेपाल लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एनआईबिएल समृद्धि फण्ड, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]