Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

पारित भयो सिद्धार्थ बैंकको १४% बोनस सेयर 

२०७४ चैत्र ४ गते

चैत्र ४ गते आइतबार सम्पन्न सिद्धार्थ बैंक लिमिटेडको १६औं वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर जारी गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ । साधारणसभाले चुक्ता पूँजी छ अर्ब ८२ करोड ६१ लख १७ हजार एक सय ५५ रुपैयाँको १४ प्रतिशतले हुने ९५ करोड ५६ लाख ५६ हजार चार सय दुई रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । १४ प्रतिशत बोनस सेयर र यस अघि नै स्वीकृत भई जारी भइरहेको  १० प्रतिशत  हकप्रद सेयर समेतबाट बैंकको चुक्ता पुँजी आठ अर्ब ४६ करोड पुग्नेछ ।

बैंकले हाल देशभर १०० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, , १०७ एटिएम र ६८७ पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को फाल्गुण मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८७ अर्ब ५७ करोड र कर्जा लगानी रु.७९ अर्ब २९ करोड गरेको छ भने सोहि अवधीमा बैंकले रु. १ अर्ब १३ करोड खुद मुनाफा आर्जन गर्न सक्षम भएको छ ।