जनता बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले विभिन्न बीमा कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुखकार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरे ।
सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।


