बैंकिङ खबर । सिभिल बैंक लिमिटेडले ४२ लाख ३८ हजार नौ सय ५८ कित्ता सेयर लिलामीमा निकालेको छ । बैंकले हकप्रद निष्काशनको क्रmममा नबिकेको नौ लाख ९४ हजार पाँच सय ३८ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर लिलाममा राखेको हो ।
उक्त सेयरमा चैत्र १ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकको न्यूनतम सेयरमूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् भने अधिकतमको सिमा तोकिएको छैन । बिक्रीमा राखेजति सबै सेयरका लागि पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । सिभिलको लिलामीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्नेछन् ।