Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साल्ट ट्रेडिङका सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर, साथमा १० प्रतिशत नगद लाभांश

२०७४ फाल्गुन २३ गते

बैंकिङ खबर । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कर्पोरेशनको मंगलबार सम्पन्न ५१औं साधारणसभाले आर्थिक बर्ष २०७३।७४ को मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस शेयर तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आर्थिक बर्ष २०७२।७३ मा ६१ करोड २४ लाख मुनाफा कमाएको कर्पोरेशनले आव २०७३।७४ मा २५.६२ प्रतिशतले बढाएर ७६ करोड ९३ लाख मुनाफा आर्जन गरेको थियो ।

साल्ट टेड्रिङमा सर्वसाधारणको लगानी २१ प्रतिशत तथा सरकारको ७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । काठमाडौंको कालिमाटीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ९ करोड ८१ लाख ८४ हजार ३०० रुपैयाँ रहेको छ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १२ करोड २७ लाख ९३ हजार ४०० रूपैयाँ पुग्नेछ ।

Ad