Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

८.७० अंकले बढ्यो सेयर बजार, झन्डै ४८ करोडको कारोबार

२०७४ फाल्गुन २२ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार ८.७० अंकले बढेर १२९६.४४ अंकमा पुगेको छ । होटल र अन्य समूह  क्रमशः ६९.५८ र ५.२९ अंकले घटेका छन् । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र लघुवित्त क्रमशः १०.५४, २.९५, १९.९७, २२.०७, १.८५, ३४.९७, ११.२६ र १९.०१ अंकले  बढेका छन् । 

दिनभरिमा १६४ वटा कम्पनीको १४ लाख ४० हजार आठ सय ८४ कित्ता सेयर पाँच हजार पाँच सय ६८ पटक खरिदविक्री हुँदा ४७ करोड ९९ लाख ८५ हजार नौ सय ९२ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम पनि सोमबारको तुलनामा बढेको हो । सोमबार ३९ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

नेपाल लाइफ इन्स्योरेन्सको साढे दुई करोड तथा सानिमा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटरको दुई करोड माथिको कारोबार भएको छ । त्यस्तै, नविल बैंक, एनसीसी बैंक प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनसीसी बैंक, एभरेष्ट बैंक, नेपाल बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

मंगलबार सूर्योदय लघुवित्त, नागबेली लघुवित्त, सूर्योदय लघुवित्त, ललितपूर फाइनान्स र नेरुडे लघुवित्तका सेयरधनीले क्रमशः ९.९८, ६.१३, ५.६४, ५.५९ र  ५.५४ प्रतिशतका दरले कमाएका छन् । तिनाउ विकास बैंक, महालक्ष्मी विकास बैंक, मिर्मिरे माइक्रोफाइनान्स, स्वरोजगार लघुवित्त, महुली सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, वरियन्टल होटल्स, वल्र्ड मर्चेन्ट बैंकिङ, ङादी ग्रुप पावर, ग्लोबल आईएमई लघुवित्त र एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.९२, ६.७७, ६.०७, ५.८० र ५.७४ प्रतिशतका दरले गुमाएका छन् । जेविल्स फाइनान्स, नयाँ नेपाल लघुवित्त, किसान माइक्रोफाइनान्स, काबेली विकास बैंक, तारागाउँ रिजेन्सी लगायतका सेयरधनीले पनि गुमाएका छन् ।

Ad