बैंकिङ खबर । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर कारोबार खुलेको छ । । अघिल्लो साता मात्रै सुचिकृत भएको उन्नतीको आईपीओको कारोबार मंगलबारदे खि खुलेको छ । कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक सय ६८ दशमलव ५९ रुपैयाँदेखि पाँच सय छ रुपैयाँसम्मको ओपनिङ रेन्ज दिएको छ । नेप्सेले दोस्रो बजारमा कारोबारका लागि उक्त रेञ्ज दिएको हो ।
यूएमबी सिम्बोलबाट उन्नतिको सेयर कारोबार खुलेको छ । उन्नतीले जारी गरेको पाँच लाख ५० हजार कित्ता आइपिओ अघिल्लो साता मात्रै नेप्सेमा सूचीकृत भएको थियो ।


