Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डलाई लगानीकर्ताका सुझाव (१६ बुँदामा)

२०७४ फाल्गुन २१ गते

बैंकिङ खबर । सेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डका अधिकारीहरुलाई बजार विस्तारका लागि थुप्रै सुझाव दिएका छन् । नेपाल धितोपत्र बोर्ड तथा नेपालगञ्ज उद्योग बाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि कार्यक्रमका सहभागी लगानीकर्ताले कार्यक्रममा प्रशिक्षण दिन गएर धितोपत्र बोर्डका अधिकारीहरुलाई दिएका सुझावहरु बुँदागत रुपमा यहाँ प्रस्तुत गरिन्छ :

धितोपत्र बजारका गतिविधि वित्तीय गतिविधि भएकोले अन्य वित्तीय गतिविधिहरुमा मूल्यअभिबृद्धि कर नलगाइएकाले धितोपत्र बजार कारोवारमा पनि मूल्यअभिबृद्धि कर लगाउन नहुने ।

धितोपत्र बजारमा हुने लगानीलाई अनुउत्पादकका रुपमा पनि लिन नहुने ।

बजार विकास र विस्तारका लागि वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा आकर्षित गर्नुपर्ने । 

धितोपत्रको दोस्रो बजार कारोवार प्रणाली पूर्णरुपमा स्वचालित बनाउनमा ढिलाई गर्न नहुने । 

धितोपत्र व्यवसायी सेवालाई प्रतिष्पर्धी बनाउनुपर्ने ।

धितोपत्र बजार नियमन कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने । 

धितोपत्रको प्राथमिक बजार सेवा अत्याधुनिक एवं देशव्यापी भए जस्तै धितोपत्रको दोस्रो बजार कारोवार सेवामा सोही अनुसारको सुधार गरी देशव्यापी बनाउनुपर्ने ।

धितोपत्रको दोस्रो बजार मूल्य सुचकांकमा अन्यपक्षहरु भन्दा राजनीतिको अतिनै प्रभाव पर्ने गरेकोले यसमा सुधार हुनुपर्ने ।

सूचिकरण खारेज भएका कम्पनीहरुको यथार्थ स्थिती बाहिर ल्याइनुपर्ने ।

बजार निर्माता तथा धितोपत्र व्यापारीको व्यवस्था हुनुपर्ने ।

निजी क्षेत्रमा अर्को स्टक एक्सचेञ्ज खोल्न अनुमति दिनुपर्ने ।

धितोपत्र बजार लामो समयसम्म पर्ख र हेरको अवस्थामा रहन नहुने । 

धितोपत्रको कारोवारमा लाग्ने दलाल कमशिन दर बढी भएकोले यसलाई घटाउनुपर्ने ।

भित्री सूचनाको आधारमा हुने कारोबारलाई छानविन गरी कारवाहीको दायरामा ल्याइनुपर्ने ।

सूचना एवम् जानकारी प्रवाह अभ्यासमा सुधार हुनुपर्ने ।

Ad