बैंकिङ खबर । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र भएका बैंक तथा वित्तीय संस्थाहरुलाई कारोबार बन्द गर्न निर्देशन दिएको छ । गाउँपालिकाले नाम नै तोकेर तीन वटा लघुवित्त वित्तीय संस्थालाई एक महिनाभित्रमा आफ्नो कारोबार बन्द गर्न निर्देशन दिएको हो । उक्त गाउँपालिकामा निर्धन उत्थान विकास बैंक, किसान लघुवित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंक रहेका छन् ।
गाउँपालिकाको फागुन ८ गते बसेको गाउँसभाले गाउँमै स्थापित सहकारीहरुलाई प्रोत्साहन गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई विस्थापित गर्न लागेको जनाएको छ । यद्यपि, लघुवित्त संस्थाहरुका साथै नियामक नेपाल राष्ट्र बैंकले समेत उक्त निर्णय कानुनविपरीत भएको भन्दै आपत्ति जनाएका छन् ।


