Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो सेयर बजार, १४ कम्पनीका सेयरधनीले कमाए

२०७४ फाल्गुन १६ गते

बैंकिङ खबर । मंगलबार बढेको सेयर बजार बुधबार पुनः गिरावटतर्फ फर्केको छ । सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक १८.८२ अंकले घटेर १३४५.९९ अंकमा कायम भएको छ । सबैभन्दा धेरै बीमा समूह १५१.२२ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १४.२९, ६.४२, २८, १८.४६, ९.३७, ४.६६, १०.१५ र २२.५३ अंकले घटेका छन् । 

दिनभरिमा १६० वटा कम्पनीको १३ लाख ३७ हजार तीन सय ३७ कित्ता सेयर पाँच हजार दुई सय ५९ पटक खरिदविक्री हुँदा ५४ करोड ३४ लाख ३१ हजार पाँच सय ८३ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम  मंगलबारको तुलनामा घटेको हो । मंगलबार ५५ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

प्रभु बैंकको छ करोड तथा प्राइम लाइफ र नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको सेयर कारोबार भएको छ भने नेपाल लाइफ प्रोमोटरको तीन करोड तथा नागरिक लगानी कोषको दुई करोडमाथिको कारोबार भएको छ । त्यस्तै, फरवार्ड कम्युनिीटी माइक्रोफाइनान्स, सिभिल बैंक, राष्ट्रिय बीमा कम्पनी, नविल बैंक, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

जम्मा १४ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै सूर्योदय लघुवित्तका सेयरधनीले ३.९९ प्रतिशतका दरले कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर, स्वदेशी लघुवित्त, दिव्यश्वरी हाइड्रो, लक्ष्मी बैंक प्रोमोटर, युनिलिभर नेपाल, डिप्रोक्स डेभलपमेन्ट बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, कर्णाली डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, अरुण भ्याली हाइड्रो, एनएमबि हाइब्रिड फण्ड र नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर सेयरधनीले पनि कमाएका छन् ।

यता, सिभिल बैंक, कालिका माइक्रोक्रेडिट, समिट माइक्रोफाइनान्स र नेपाल इन्स्योरेन्सका सेयरधनीले पाँच प्रतिशत भन्दा बढीका दरले गुमाएका छन् । त्यस्तै, हिमालयन पावर पार्टनर, अरुण काबेली पावर, युनाइटेड इन्स्योरेन्स, महिला सहयात्रा माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, नयाँ नेपाल लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   

Ad