Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

हेर्नुहोस्, साताका महत्वपूर्ण बैंकिङ खबरहरु

२०७४ फाल्गुन ११ गते

बैंकिङ खबर । यो साता वित्तीय क्षेत्रमा केही परिवर्तनहरु भएका छन् । सेयरको प्राथकि निष्काशनका सिआस्वा प्रणाली पूर्ण रुपमा लागू भएको छ । सिआस्वा अनिवार्य भएपछि बैंकहरुले पनि सिआस्वा सेवा धमाधम सुचारु गरिरहेका छन् । बीमा कम्पनीहरुको ब्यालेन्ससिटमा बीमा समितिको २० वटा सूचकहरु थपिदिएको छ । समग्रमा साताभर वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ:

सिआस्वा पूर्ण रुपमा लागू
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले शुक्रबारदेखि सिआस्वा प्रणाली पूर्ण रुपमा लागू गर्यो । शुक्रबारदेखि निष्काशन सुरु भएको साञ्जेन हाइड्रो र रसुवागढी हाइड्रोको आईपिओमा सिआस्वामार्फत लगानी गर्ने व्यवस्था मिलाइएको छ । अहिले आस्वा सेवा प्रदान गर्दै आइरहेका सम्पुर्ण बैंक तथा वित्तीय संस्थालाई एकै केन्द्रीकृत प्रणाली आवद्ध गरि एउटै सफ्टवेयरबाट आवेदन लिने व्यवस्था सिआस्वामा हुन्छ ।

तल्लो लिखु जलविद्युत् आयोजनामा पाँच वित्तीय संस्थाको लगानी
तगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले रामेछाप र ओखलढुंगा जिल्लाको लिखु खोलामा निर्माण गर्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंक लिमिटेडको अगुवाईमा पाँच वटा बैंक तथा वित्तीय संस्थाहरुले सहवित्तीयरकण अन्तर्गत पाँच अर्ब ५९ करोड रुपैयाँ कर्जा लगानी गर्ने गरी कर्जा सुविधा सम्झौतामा हस्ताक्षर भयो ।

बीमा कम्पनीहरुको ब्यालेन्ससिटमा थप २० सूचक
बीमा समितिले जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा २० वटा र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको ब्यालेन्ससीटमा १९ वटा सुचक थप गर्न निर्देशन दियो । बीमा कम्पनीको अबस्था तथा ब्यवसाय बृद्धिको यथार्थ विवरण प्राप्त हुने अपेक्षासहित ब्यालेन्ससीटको अनुसुचीमा प्रमुख सुचकको रुपमा यी अनुपातहरु थप्न लागिएको समितिले जनाएको छ । 

त्रिलोक लघुवित्तद्धारा कारोबार सुरु
त्रिलोक लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि कारोबार सुरु गर्यो । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय सिद्धार्थनगरका निर्देशक अशोक कुमार पौडेलले गरे । त्रिलोक लघुवित्त सुनवल नगरपालिकामा प्रधान कार्यालय रहेको पहिलो वित्तीय संस्था बन्न पुगेको छ । लघुवित्तले नवलपरासी, कपिलवस्तु, लमजुङ, गोरखा, पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की र तनहँु गरी १० जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा प्रदान गर्ने अनुमति पाएको छ । अधिकृत पुँजी १० करोड रुपैयाँ र जारी पुँजी चार करोड ३० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्तापुँजी तीन करोड एक लाख रुपैयाँ रहेको छ । संस्थाको प्रमुख कार्यकारी अधिकृत राजेन्द्र न्यौपाने रहेका छन् भने संचालक समितिको अध्यक्षमा लेखनाथ खनिया रहेका छन् । 

शाखा तथा सेवा विस्तार
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले शुद्वोधन गाउंपालीकाका –५ मानपकडीमा शाखा कार्यालय स्थापना गरी बुधबारदेखि बैंकिङ कारोबार शुरु गर्यो ।
नेपाल बैक लिमिटेडले कपिलवस्तु जिल्ला स्थित कृष्णनगर भन्सार कार्यालय परिसरमा एक्सटेन्सन काउन्टर स्थापना गर्यो ।
प्रभु बैंक लिमिटेडले आफ्नो भैरहवा शाखाको स्थानान्तरण गर्यो ।
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो बेथरी एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गर्यो ।
एनआईसी एशिया बैंक लिमिटेडको देवदह न. पा. ५, खैरेनी, रुपन्देही स्थित खैरेनी शाखाको विधिवत् उद्घाटन सम्पन्न भयो ।
सिद्धार्थ बैंक लिमिटेडले आइतबार (फागुन ६ गते) सर्लाहीको लालबन्दी नगरपालिकामा शाखा स्थापना गर्यो ।
यो सातादेखि गरिमा विकास बैंक र लक्ष्मी बैंकले सिआस्वा सेवा सुरु गरे ।

खेलकुद प्रवद्र्धनमा बैंक 
बिश्वकप छनौटमा स्थानपक्का गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रिय टिमका कप्तान पारस खड्का र सन्दीप लामिछानेलाई एक समारोह बिच सानिमा बैंकले सम्मान गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पुर्याए बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई एक वर्षको लाई प्रयोजन गरेको छ ।
गण्डकी विकास बैंक लिमिटेडको सह–प्रायोजनमा पोखरामा भुतपुुर्व खेलाडी मञ्चद्धारा प्रायोजित म्याराथन दौड प्रतियोगिता सम्पन्न भयो । 

अन्य,
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बेलायतको सुपरसोनिक्स लिमिटेडबीच रेमिट्यान्स सम्झौता भयो ।
निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुको सहभागितामा तीन दिने “ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम” संचालन गर्यो ।
जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको शाखा कार्यलय शक्तिखोरको औपचारिक उद्घाटन सम्पन्न भयो ।

Ad