बैंकिङ खबर । बुधबार पनि सेयर बजारमा गिरावटको क्रमले नै निरन्तरता पाएको छ । सबै उपसूचक राताम्मे भएपछि समग्र नेप्से परिसूचक ९.६४ अंकले घटेर १३८७.०८ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ८.८६, १९.८२, १२.५२, १८.४३, ५.५८, ३६.९८, ९.२८, ६.५२ र ३.९ अंकले घटेका छन् ।
कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १४५ वटा कम्पनीको सात लाख १३ हजार छ सय ४२ कित्ता सेयर तीन हजार दुई सय ८४ पटक खरिदविक्री हुँदा २८ करोड ५५ लाख तीन हजार आठ सय २४ रुपैयाँको कारोबार भएको छ ।
ओम डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनी (प्रोमोटर)को तीन करोड तथा प्राइम लाइफ इन्स्योरेन्स, बैंक अफ काठमाण्डू र सेञ्चुरी बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक प्रोमोटर, सानिमा बैंक र लुम्निी जनरल इन्स्योरेन्सको क्रमशः ९१ लाख, ८९ लाख, ८७ लाख, ८५ लाख र ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
जम्मा २५ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै सूर्योदय लघुवित्तका सेयरधनीले ३.८८ प्रतिशतका दरले कमाएका छन् । स्वदेशी लघुवित्त, साना किसान विकास बैंक, राष्ट्रिय बीमा कमपनी प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी, सप्तकोसी डेभलपमेन्ट बैंक, सूर्या लाइफ इन्स्योरेन्स, सिभिल बैंक, नेपाल हाइड्रो, बुटवल पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, युनाइटेड मोदी हाइड्रोका सेयरधनीले ५.३८ प्रतिशतका दरले गुमाएका छन् । ग्लोबल आईएमई लघुवित्त, अरुण फाइनान्स, मल्टिपर्पोज फाइनान्स, अपि पावर कम्पनी, सहयोगी विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।