बैंकिङ खबर । नागबेली लघुवित्त विकास बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशनको अनुमति माग गर्दै बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
नागबेलीले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड ६६ लाख ४६ हजार तीन सय १५ रुपैयाँ बराबरको सात लाख ६६ हजार चार सय ६३ दशमलव १५ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
हकप्रद निष्काशनपछि बैंकको चुक्तापुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको गत मंसिर २५ गते सम्पन्न आठौं बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।