Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा साढे २० अंकको गिरावट, पाँच दिनमा डेढ अर्बको मात्रै कारोबार

२०७४ माघ २६ गते

बैंकिङ खबर । गत साताको अन्तिम दिन १४११.५२ अंकमा भएको सेयर बजार यो साता १३९१.०३ अंकमा झरेको छ । बुधबारसम्म निरन्तर ओरालो लागेर १३८२.०२ अंकसम्म पुगेको नेप्से परिसूचक विहीबारर ९.०१ अंकले बढेर १३९१.०३ अंकमा पुगेको हो । यस आधारमा हेर्दा, यो साता नेप्से परिसूचकमा २०.४९ अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्जमा यो साता एक अर्ब ५५ करोड ११ लाख दुई हजार रुपैयाँको सेयर खरिदविक्री भएका छन् । यो रकम गतसाताको भन्दा १३ दशमलव ३१ प्रतिशतले बढी हो । गत साता बजारमा १ अर्ब ३६ करोड ८८ लाख ९१ हजार रुपैयाँको शेयर कारोबार भएको थियो । साताभरमा १७२ कम्पनीको ४१ लाख ९६ हजार ४९० कित्ता सेयर १६ हजार सात  सय ६९ पटक खरिदविक्री भएका छन् । 

यो साता नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै १६ करोड ४७ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । यसबाहेक, सानिमा माई हाईड्रोपावर लिमिटेडको आठ करोड ४७ लाख ९० हजार रुपैयाँ, नबिल बैंक लिमिटेडको पाँच करोड ६९ लाख २० हजार रुपैयाँ, कुमारी बैंकक लिमिटेडो पाँच करोड ४९ लाख ९० हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार करोड ९१ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै कुमारी बैंकको सेयरको कारोबार सबैभन्दा धेरै पटक भएको छ । 

Ad