बैंकिङ खबर । बुधबार पनि सेयर बजारमा गिरावटको क्रमले नै निरन्तरता पाएको छ । व्यापार र फाइनान्सबाहेक कारोबार भएका सबै उपसूचक घट्दा नेप्से परिसूचक १२.०१ अंकको गिरावटसँगै १३८२.०२ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः १०.५, १८.१३, ६.५७, १.६३, ८३.०५, १६.२९, ९ र १५.९१ अंकले घटेका छन् । व्यापार र फाइनान्स क्रमशः ३.२ र ४.३३ अंकले बढेका छन् ।
दिनभरिमा १५२ वटा कम्पनीको सात लाख ४२ हजार १० कित्ता सेयर तीन हजार एक सय ९३ पटक खरिदविक्री हुँदा २६ करोड ५५ लाख ६६ हजार सात सय ३३ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको पाँच करोड र सिभिल बैंकको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, सानिमा माई हाइड्रो, एभरेष्ट बैंक, एनसीसी बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सको क्रमशः ९२ लाख, ७८ लाख, ७८ लाख, ६७ लाख, ६४ लाख, ६४ लाख, ६० लाख र ५८ लाख रुपैयाँको कारोबार भएको छ ।
जम्मा ३१ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै गुहेश्वरी फाइनान्सका सेयरधनीले ६.१६ प्रतिशतका दरले कमाएका छन् । सूर्योदय लघुवित्त र गोर्खाज फाइनान्सका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । अरुण काबेली पावर, कणाली डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, खानीखोला हाइड्रो, विशाल बजार, भार्गव विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।
कालिका माइक्रोक्रेडिट र समिट माइक्रोफाइनान्सका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् भने नेपाल बैंक, मिर्मिरे माइक्रोफाइनान्स, बोटलर्स नेपाल, माछापूच्छ्रे बैंक, सिद्धार्थ इन्स्योरेन्स र एनएलजि इन्स्योरेन्सका सेयरधनीले तीन प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक, सृजना फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।