Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१४ सयको विन्दुबाट ओरालो लाग्यो सेयर बजार, २८ कम्पनीका सेयरधनीले कमाए

२०७४ माघ २३ गते

बैंकिङ खबर । मंगलबार सेयर बजार ६.०२ अंकले घटेर १३९४.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै उपसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ३०.१८ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र माइक्रोफाइनान्स क्रमशः ५.७९, ५.८२, ६.८७, ३.९३, २२.५४, ०.१८, ०.२८ र ७.५५ अंकले घटेका छन् । 

दिनभरिमा १५२ वटा कम्पनीको सात लाख नौ हजार आठ सय तीन कित्ता सेयर दुई हजार नौ सय २७ पटक खरिदविक्री हुँदा जम्मा २४ करोड २० लाख ९६ हजार एक सय ४६ रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोको एक करोड ६३ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । एभरेष्ट बैंक, सानिमा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, वरियन्टल होटल्स, नेपाल इन्भेष्टमेन्ट बैंक, छिमेक लघुवित्त, बैंक अफ काठमाण्डू, नेपाल बैंक र सिभिल बैंकको क्रमशः ८६ लाख, ७६ लाख, ७५ लाख, ७५ लाख, ७० लाख, ६९ लाख, ६८ लाख, ६६ लाख र ६६ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । 

जम्म २८ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै सिन्धु विकास बैंकका सेयरधनीले ४.५८ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ, युनाइटेड फाइनान्स, काबेली विकास बैंक, कृषि विकास बैंक, सिद्धार्थ इक्विटी फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ४.६१ प्रतिशतका दरले गुमाएका छन् । रिलायबल माइक्रोफाइनान्स, सिनर्जी पावर, विजय लघुवित्त, हाम्रो विकास बैंक, विशाल बजार, बेष्ट फाइनान्स, नयाँ नेपाल लघुवित्त, खानीखोला हाइड्रो, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Ad