Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
वित्तीय साक्षरता

बैंकिङ क्षेत्रमा व्याजदर जोखिम : कसरी गर्ने व्यवस्थापन ?

२०७४ माघ १९ गते

मृगेन्द्र नाथ रिमाल । बजारका कारण व्याजदरमा परिवर्तन आई व्याज आम्दानीम नकारात्मक असर पर्नु नै व्याजदर जोखिम हो । यसको कारण बैंकको नाफा नोक्सान प्रभावित भई यसको वित्तीय स्थिती समेतलाई प्रभावित बनाउँछ । बजारको माग तथा आपूर्तिको अवस्था विचार गरी नियमित रुपमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एवम् कर्जा लगानी व्याजदरहरुको तुलनात्मक स्थिती एवम् पुँजी लागत अध्ययनको आधारमा सम्पत्ति दायित्व व्यवस्थापन समितिमार्फत व्याजदर निर्धारण गरिन्छ । 

व्याजदरमा परिवर्तन भइरहँदा नाफा, सम्पत्तिको मूल्य, वासलात बाहिरका दायित्वहरु एवम् नगद प्रवाहलाई असर पार्छ । त्यसकारण, व्याजदर जोखिम व्यवस्थापनको मूख्य उद्देश्य बैंकको आर्जनलाई कायम राख्ने क्षमताको विकास गर्ने, सम्भावित नोक्सानीलाई ग्रहण गर्न सक्ने क्षमता नै हो । व्याजदर जोखिम व्यवस्थापन गर्ने शिलशिलामा बैंकहरुले बजार व्याजदरको उतारचढावबाट प्रभावित हुने खालका प्रभागहरुको जोखिम मूल्यांकन गर्न सक्नुपर्दछ । 

आवधिक रुपमा व्याजदर समायोजन हुने गरी प्रवाह गरिएको कर्जालाई जुन अवधिमा व्याजदर समायोृजन गरिन्छ, सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । कुनै व्याजदर विशेष परिवर्तनसँग समायोजन हुने (जस्तै ट्रेजरी बिलको व्याजदर) गरी प्रवाह गरिएको आवधिक कर्जालाई सबैभन्दा कम अवधिको समय अन्तरालभित्र समावेश गर्नुपर्दछ । 

व्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने निश्चित भुक्तानी अवधि नभएका दायित्वहरुलाई मात्र जुन अवधिमा व्याजदर समायोजन गरिन्छ सोही समय अन्तरालभित्र समावेश गर्नुपर्दछ ।