Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा सात अंकको वृद्धि, हाइड्रोबाहेक सबै उपसूचक बढे, ४२ कम्पनीका सेयरधनीले गुमाए

२०७४ माघ १८ गते

बैंकिङ खबर । साताको अन्तिम दिन सेयर बजार ७.०३ अंकले बढेर १४११.५२ अंकमा पुगेको छ । जलविद्युत्बाहेक सबै उपसूचक बढेका छन् । बीमा समूह सबैभन्दा धेरै १६.०४ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ६.०३, १.६९, ५.४७, ८.३२, ०.६५, ५.३६, ९.८८ र १२.४१ अंकले बढेका छन् । जलविद्युत् समूह भने १.४९ अंकले घटेको छ ।

दिनभरिमा १५७ वटा कम्पनीको ११ लाख ५६ हजार तीन सय ६० कित्ता सेयर चार हजार एक सय ५६ पटक खरिदविक्री हुँदा ४१ करोड ७० लाख ९८ हजार छ सय ४३ रुपैयाँको कारोबार भएको छ । नेपाल बैंकको चार करोड, लक्ष्मी बैंकको तीन करोड तथा सानिमा माई हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स र कुमारी बैंकको दुई करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, बुटवल पावर कम्पनी, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

प्रोग्रेसिभ फाइनान्स र रिलायबल माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ९.४५ र ५.४८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी बैंक, ङादी ग्रुप पावर, एनआईबिएल समृद्धि फण्ड, वोमी माइक्रोफाइनान्स, स्वदेशी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

जम्मा ४२ वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । युनाइटेड फाइनान्स र सिद्धार्थ बैंकका सेयरधनीले दुई प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेपाल इन्स्योरेन्स, अरुण फाइनान्स, पोखरा फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, बरुण हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, नेपाल हाइड्रो लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  

Ad