January 30th, 2018

२८ वाणिज्य बैंकको रिपोर्ट : कुनले कति कमायो ?

बैंकिङ खबर । २८ वटै वाणिज्य बैंकले आफ्नो दोस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन् । जसअनुसार, नविल बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । दोस्रो त्रैमासमा नै नौ वटा बैंक अर्वपति क्लबमा प्रवेश गरेका छन् । हेरौँ, २८ वटै बैंकको वित्तीय विवरण :

नविल बैंक लिमिटेड
नविल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नविलले एक अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा सात अर्ब ८५ करोड ५३ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ०.३९ प्रतिशत वृद्धि गरी एक अर्ब २१ अर्ब २८ करोड ९२ लाख ७२ हजार रुपैयँ संकलन गरेको बैंकले कर्जातर्फ ११.६९ प्रतिशत वृद्धि गरी एक खर्ब ८५ करोड १९ लाख रुपैयाँ लगानी गरेकोे छ । 

बैंकको खुद व्याज आम्दानी १० दशमलव १४ प्रतिशतले बढेर दुई अर्ब ९३ करोड ५६ लाख ४५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा चार दशमलव २१ प्रतिशतले बढेर दुई अर्ब ७३ करोड ९१ लाख ३५ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा आठ लाख तीन हजार रुपैयाँ मात्रै खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २० करोड नौ लाख ३१ हजार रुपैयाँ राखेको छ ।

पुस मसान्तमा नविल बैंकको निष्कृय कर्जा एक दशमलव १३ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव ६१ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ४५ दशमलव ५७ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) २३ दशमलव ३७ गुणा र प्रतिसेयर नेटवर्थ एक सय ९८ रुपैयाँ रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
बैंकिङ खबर । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ८३ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ दशमलव ४९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

१० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा नौ अर्ब ९१ करोड १९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ११ दशमलव ३५ प्रतिशतले वृद्धि गरी एक खर्ब २९ अर्ब ८४ करोड ५३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ दशमलव ५४ प्रतिशत बढाएर एक खर्ब १३ अर्ब ६७ करोड ११ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १५ दशमलव ४९ प्रतिशतले बढेर दुई अर्ब ६८ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पाँच दशमलव २५ प्रतिशतले बढेर दुई अर्ब ४४ करोड ६४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ३२ करोड ८५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा ४६ करोड ११ लाख रुपैयाँ नकारात्मक रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ३४ दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात (वार्षिक) १९ दशमलव ०७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ९३ दशमलव २८ रुपैयाँ, निष्कृय कर्जा एक दशमलव १२ प्रतिशत र जोखिमयुक्त सम्पति १३ दशमलव ०७ प्रतिशत रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७५ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ दशमलव ६५ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब ५८ करोड चुक्ता पूँजी भएको राष्ट्रिय वाणिज्य बैंकले जगेडाकोषमा ३ अर्ब ६७ करोड ८४ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ७ दशमलव ९७ प्रतिशतले वृद्धि गरी एक खर्ब ४९ अर्ब १० करोड ४३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा एक खर्ब १० अर्ब ६५ करोड ४५ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ३१ दशमलव ७३ प्रतिशतले बढेर चार अर्ब एक करोड १३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७६ दशलमव ४५ प्रतिशतले बढेर दुई अर्ब तीन करोड ८४ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ४० करोड ८७ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले संभावित जोखिमवापत ८८ करोड ९५ लाख रुपैयाँ राखेको छ ।

पुस मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको निष्कृय कर्जा तीन दशमलव ११ प्रतिशत रहेको छ भने पूँजीकोषमा (जोखिम भारित सम्पत्ति) ११ दशमलव ४२ प्रतिशत रहेको छ ।  

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ६३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ५४ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बैंकले एक अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड २६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब चार करोड रुपैंयाँ राखेको छ । यो अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालनको बढाएको छ । बैंकले ९१ अर्ब ८९ करोड निक्षेप संकलन गरेर ७८ अर्ब ७१ करोड कर्जा परिचालन गरेको छ । गतवर्षको सो अवधिमा बैंकले ८४ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी ७० अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

बैंकले छ महिनामा दुई अर्ब ९४ करोड खुद ब्याज आम्दानी गरेको छ भने एक अर्ब ७९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यो अवधिमा २३ करोड रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड रुपैयाँ राखेको छ ।

बैंकको खराबकर्जा ३.२३ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ४० रुपैंया ७४ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ एक सय ५९ रुपैंया १८ पैसा र मुल्य आम्दानी अनुपात ८.६४ गुणा रहेको छ । 

एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १४ करोड ८१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ३४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एभरेष्टले ९७ करोड १५ लाख ७५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १० करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब १९ करोड चार लाख १० हजार रुपैयाँ राखेको छ । बैंकले एक खर्ब ३ अर्ब २९ करोड ९१ लाख ८३ हजार रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड ६४ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ९० अर्ब ४३ करोड ६६ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ६१ करोड ८१ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समिक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा पनि बढाएको छ । बैंकले चालू आवको ६ महिनाको अवधिमा १ अर्ब ७७ करोड ५८ लाख ५ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड ८० लाख ४२ हजार रहेको छ । एक करोड १८ लाख ३४ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा आठ करोड दुई लाख ९४ हजार रुपैयाँ राखेको छ ।

पुस मसान्तसम्मा एभरेष्ट बैंकको खराबकर्जा ०.२५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५.६८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसाबाट झरेर २८ रुपैयाँ ४१ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३१.९३ रहेको छ ।

हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब १० करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सात दशमलव ५८ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयनले एक अर्ब दुई करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब ११ करोड ४५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ४ अर्ब ६९ करोड ६५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ९२ अर्ब ९७ करोड २७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ ८२ अर्ब ७५ करोड ७६ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी तीन दशमलव ६० प्रतिशतले बढेर एक अर्ब ८६ करोड ९५ लाख सात हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १७ दशमलव ७४ प्रतिशतले घटेर एक अर्ब ४० करोड ४६ लाख ५६ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा २७ करोड २२ लाख २४ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २८ करोड छ लाख १७ हजार रुपैयाँ राखेको छ । 

पुस मसान्तमा  हिमालयन बैंकको निष्कृय कर्जा एक दशमलव ३२ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव ३८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २७ दशमलव २६ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात २४ दशमलव २१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ५७ दशमलव ८८ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ८८ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक लिमिटेड
कृषि विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब दुई करोड ९१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले ९० करोड ६६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

१३ अर्ब ९३ करोड चुक्ता पुँजी रहेको कृषि विकास बैंकको जगेडा कोषमा ८ अर्ब ९२ करोड रुपैंयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा भने केही खस्केको छ । गत आर्थिक वर्षको पुस मसान्तमा तीन अर्ब १० करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो वर्षको पुस मसान्तमा २ अर्ब ५६ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले ४१ करोड ८ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।

यो अवधिमा कृषि विकास बैंकले ९८ अर्ब १७ करोड निक्षेप संकलन गरी ९२ अर्ब ११ करोड कर्जा लगानी गरेको छ । बैंकको प्रति शेयर आम्दानी २० रुपैयाँ ३७ पैसा रहेको छ । त्यस्तै प्रति शेयर नेटवर्थ २०२ रुपैयाँ ९७ पैसा र निस्कृय कर्जा ३.९५ प्रतिशत रहेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड
स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोसो त्रैमासमा एक अर्ब एक करोड ३४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ दशमलव ९२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ७४ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब एक करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा चार अर्ब ८६ करोड ६० लाख रुपैयाँ राखेको छ । निक्षेपमा आठ दशमलव १९ प्रतिशतले वृद्धि गरी  ६६ अर्ब सात करोड २२ लाख ५३ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ४२ अर्ब ३५ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ३९ दशमलव ८२ प्रतिशतले बढेर एक अर्ब ४६ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३८ दशमलव ६६ प्रतिशतले बढेर एक अर्ब ५५ करोड ३४ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) २५ दशमलव ३० रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) ४१ दशमलव ०३ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ६० दशमलब ७४ रुपैयाँ, जोखिमयुक्त सम्पति २२ दशमलव ९६ प्रतिशत र निष्कृय कर्जा शुन्य दशमलव १७ प्रतिशत रहेको छ ।

एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ७२ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ दशमलव ६७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा एनएमबि बैंकले ७० करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब ४६ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा पाँच अर्ब २३ करोड २६ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १७ दशमलव ०९ प्रतिशत वृद्धि गरी ८० अर्ब ५५ करोड रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १७ दशमलव ४३ प्रतिशत वृद्धि गरी ७० अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १० दशमलव ४० प्रतिशतले बढेर एक अर्ब ३९ करोड २३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३८ दशमलव ५८ प्रतिशतले बढेर एक अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा  २५ करोड ६५ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा नौ करोड ५६ लाख रुपैयाँ राखेको छ ।

यस अवधिमा बैंकले आप्नो निष्कृय कर्जालाई एक दशमलव ६७ प्रतिशतबाट एक दशमलाव २० प्रतिशतमा झारेको छ । बैंकको जोखिमयुक्त सम्पत्ति १३.०६ प्रतिशत रहेको छ । त्यस्तै, प्रतिसेयर आम्दानी वार्षिक ३१ दशमलव १८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १४ दशमलव ६६ गुणा, तरलता अनुपात २४ दशमलव ३२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ८० दशमलव ९८ रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंक लिमिटेड
ग्लोबल आईएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव १५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमईले ९० करोड ६२ लाख खुद मुनाफा आर्जन गरेको थियो ।

बैंकको चुक्तापुँजी आठ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । एक खर्बबढी निक्षेप संकलन गरेके बैंकले ८६ अर्ब ५५ करोड ७४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले यो अवधिमा २३ करोड ३० लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ ।

समिक्षा अवधिमा बैंकले सञ्चालन मुनाफा ५१ लाख ९० हजार रुपैयाँले घटाएको छ । गत वर्षको सो अवधिमा एक अर्ब १७ करोड ६७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको बैंकले अहिले त्यस्तो मुनाफा एक अर्ब १७ करोड १५ लाखमा सीमित गरेको छ । त्यस्तै बैंकको खुद ब्याज आम्दानी भने यो अवधिमा ३ प्रतिशतले बढेको छ । गत वर्षको पुस मसान्तसम्ममा एक अर्ब ६७ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले हाल एक अर्ब ७२ करोड ९६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा १.६१ प्रतिशत रहेको ग्लोबल आईएमईको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै पिई रेसियो १४ दशमलव ६९ र नेटवर्थ एक सय ३७ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ९१ करोड ३० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ३४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एसबिआई बैंकले ७५ करोड ८७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब चार करोड ६९ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा चार प्रतिशतले घटाएर तीन अर्ब ६९ करोड रुपैयाँ राखेको छ । निक्षेपमा ९.७६ प्रतिशत वृद्धि गरी ८५ अर्ब १६ करोड ९२ लाख ६० हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १९ दशमलव ३६ प्रतिशतले वृद्धि गरी ७१ अर्ब ३४ करोड १२ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी २९.८६ प्रतिशतले बढेर एक अर्ब ८८ करोड ४७ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २३.२७ प्रतिशतले बढेर एक अर्ब ४३ करोड ५६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा ८९ लाख ६३ हजार रुपैयाँ मात्रै खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ११ करोड ५६ लाख ४६ हजार रुपैयाँ राखेको छ ।

नेपाल एसबिआई बैंकको निष्कृय कर्जा ०.१३ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १५ प्रतिशत रहेको छ । बैंकको प्रतिेयर आम्दानी ४४ प्रतिशतले घटेर २२ दशमलव ६९ रुपैयाँ कायम भएको छ । त्यस्तै, बैंकको मुल्य आम्दानीेको अनुपात २६ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४५ दशमलव ८९ रुपैयाँ र तरलता अनुपात २३ दशमलव चार प्रतिशत रहेको छ ।

सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८२ करोड ४७ लाख ८४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्षको तुलनामा ३२ दशमलव ५१ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सानिमाले ६२ करोड २४ लाख ११ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडा कोषमा एक अर्ब ८८ करोड ४३ लाख ६२ हजार रुपैयाँ रहेको छ । निक्षेपमा ३२.०७ प्रतिशत वृद्धि गरी ६८ अर्ब ३९ करोड ९१ लाख ८३ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ  २८.९८ प्रतिशतले वृद्धि गरी ६० अर्ब ५२ लाख एक हजार ७८ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको संचालन मुनाफा ३०.६३ प्रतिशतले बढेर एक अर्ब २४ करोड ६१ लाख ६८ हजार रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी २२.१७ प्रतिशतले बढेर एक अर्ब ३३ करोड २० लाख ४५ हजार रुपैयाँ पुगेको छ ।  

सानिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १२३ रुपैंया ५५ पैसा र मूल्य आम्दानी अनुपात १६ दशमलव ५४ गुणा रहेको छ । बैंकको खराब कर्जा ०.०३ प्रतिशत मात्रै रहेको छ ।

सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७७ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशलमव ४४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिद्धार्थले ७२ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

सात अर्ब पाँच करोड ६५ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडाकोषमा चार अर्ब १० करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकले गत बर्षको कमाईबाट प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर वितरण गर्न र १० प्रतिशत हकप्रद सेयर विक्री गर्न बाँकी रहेको छ । जसपश्चात, बैंकको चुक्तापुँजी सजिलै आठ अर्ब नाघ्नेछ ।

निक्षेपतर्फ १४.१९ प्रतिशत बढाएर ८५ अर्ब ३१ करोड ९७ लाख ३७ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २०.८० प्रतिशतले बढाएर ७५ अर्ब ६९ करोड ५४ लाख ७३ हजार रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी छ दशमलव ९० प्रतिशतले बढेर एक अर्ब ३९ करोड ६७ लाख ५९ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा शुन्य दशमलव ५३ प्रतिशतले घटेर ८६ करोड ६९ लाख पाँच हजार रुपैयाँ पुगेको छ । 

बैंंकको पूँजी कोष पर्याप्तता अनुपात शुन्य दशमलव ८५ प्रतिशतले बढेर १२ दशमलव ४२ प्रतिशत कायम भएको छ भने निष्कृय कर्जा १.५० प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी २२ दशमलव ६४ रुपैयाँ, पीइ रेसीयो १६ दशमलव ५६ प्रतिशत, नेटवर्थ एक सय ६३ दशमलव ५१ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५३ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक लिमिटेड
प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ करोड ५१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ७७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ५५ करोड ९७ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकको जगेडाकोष १३ प्रतिशतले घटेर दुई अर्ब ११ करोड ६९ लाख रुपैयाँ रहेको छ । निक्षेपमा २९.१९ प्रतिशत वृद्धि गरी ७१ अर्ब छ करोड आठ लाख ९१ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ३५.९३ प्रतिशत वृद्धि गरी ६२ अर्ब ६० करोड १२ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी २९ प्रतिशतले बढेर एक अर्ब चार करोड २५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २८.६७ प्रतिशतले बढेर ९४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १३ करोड नौ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २६ करोड ८३ लाख रुपैयाँ राखेको छ ।

पुस मसान्तमा प्राइम बैंकको जोखिमयुक्त सम्पति १२ दशमलव ७६ प्रतिशत, निष्कृय कर्जा एक दशमलव ४३ प्रतिशत, प्रतिसेयर आम्दानी १७ दशमलव ८ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १७ दशलमव आठ गुणा, प्रतिशेयर नेटवर्थ एक सय २६ दशमलव ३५ रुपैयाँ र तरलता अनुपात २३ दशमल ४६ प्रतिशत रहेको छ ।

प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ४९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभुले एक अर्ब ११ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

छ अर्ब ५३ करोड ३४ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा १२० दशमलव ०१ प्रतिशतले वृद्धि गरी तीन अर्ब १० करोड ७१ लाख रुपैयाँ राखेको छ । निक्षेपमा २२.६६ प्रतिशतले वृद्धि गरी ८६ अर्ब १२ करोड ८० लाख ३७ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २६.७३ प्रतिशत बढाएर ७१ अर्ब ६३ करोड ७८ लाख ५६ हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी १६.२७ प्रतिशतले घटेर एक अर्ब २० करोड ७९ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ३६.२७ प्रतिशतले घटेर ५९ करोड ५५ लाख ३० हजार रुपैयाँ पुगेको छ । यो अवधिमा  ५१ करोड २४ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजनमा २४ करोड ५० लाख ९० हजार रुपैयाँ नेगेटिभमा रहेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ७६ प्रतिशतले घटेर चार दशमलव १२ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति ११ दशमलव २४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४ प्रतिशतले बढेर २१ दशमलव ५९ रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको तरलता अनुपात २२ दशमलव ५३ प्रतिशत, मुल्य आम्दानीको अनुपात ११ दशमलव ५८ गुणा र प्रतिसेयर नेटवर्थ १६३ दशमलव ९२ रुपैयाँ रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६२ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा शुन्य दशमलव ४८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिटिजन्सले ६३ करोड १६ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब दुई करोड १९ लाख रुपैयाँ चुक्तापुँजी पुर्याइसकेको बैंकले जगेडाकोषमा एक अर्ब ९९ करोड रुपैयाँ राखेको छ । बैंकले यो अवधिमा ५८ अर्ब ४६ करोड ४९ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ३१ करोड ६१ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको संचालन मुनाफा एक अर्ब ४२ करोड १२ लाख ६५ करोड रुपैयाँ पुगेको छ भने खुद व्याज आम्दानी ९७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा १४ करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १३ करोड ६५ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा एक दशमलव ९४ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १५ रुपैंया ६६ पैसा , प्रतिसेयर नेटवर्थ एक सय २४ रुपैयाँ ८७ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य नौ सय ४० रुपैयाँ १४ पैसा, मूल्य आम्दानी अनुपात १८.२० प्रतिशत र तरलता अनुपात २२.५२ रहेको छ ।

सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा ५८ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ६३ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइजले ६० करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब १० करोड पाँच लाख रुपैयाँ राखेको छ । निक्षेपमा १०.४२ प्रतिशत वृद्धि गरी ६३ अर्ब २६ करोड ९२ लाख ७७ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १४.२६ प्रतिशत वृद्धि गरी ५६ अर्ब २४ करोड १७ लाख ९१ हजार रुपैयाँ लगानी गरेको छ ।  

बैंकको खुद व्याज आम्दानी १५ दशमलव ५३ प्रतिशतले बढेर एक अर्ब २७ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १.२२ प्रतिशतले बढेर ८३ करोड छ लाख १६ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा २३ करोड २० लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड ६४ लाख रुपैयाँ राखेको छ ।
 
बैंकको जोखिमयुक्त सम्पति १४ दशमलव २६ प्रतिशत, निष्कृय कर्जा एक दशमलव ६५ प्रतिशत, प्रतिसेयर आम्दानी १४ दशमलव ४१ रुपैयाँ, मूल्य आम्दानीको अनुपात १८ दशलमव २५ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २५ दशमलव ७७ रुपैयाँ र तरलता अनुपात २४ दशमल ७८ प्रतिशत रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५७ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २० दशमलव ७४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ७२ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोे थियो ।

आठ अर्ब तीन करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा दुई अर्ब ६५ करोड ५७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५२.३५ प्रतिशतले वृद्धि गरी एक खर्ब २० अर्ब ४६ करोड ६६ लाख ३२ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५१ प्रतिशतले वृद्धि गरी एक खर्ब दुई अर्ब २० करोड सात लाख ४५ हजार रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी ४२ दशमलव ५७ प्रतिशतले बढेर एक अर्ब ६४ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ०.०४ प्रतिशतले घटेर ७६ करोड ३४ लाख ७३ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा १० करोड २६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३० करोड ११ लाख ११ हजार रुपैयाँ राखेको छ ।

पुस मसान्तमा एनआईसी एशिया बैंकको निष्कृय कर्जा शून्य दशमलव २६ प्रतिशत र जोखिमयुक्त सम्पति १३ दशमलव ५९ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १४ दशमलव २४ रुपैयाँ, मुल्य आम्दानीे अनुपात २४ दशमलव २३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३३ दशमलव ०७ रुपैयाँ र तरलता अनुपात २० दशमलव ३५ प्रतिशत रहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेड
बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले चालु आर्थिका वर्षको दोस्रो त्रैमासमा ५५ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आठ दशमलव २९ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंक अफ काठमाण्डूले ६० करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

छ अर्ब २४ करोड ५३ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा ७७ प्रतिशतले वृद्धि गरी चार अर्ब ८९ करोड ७५ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ०.६३ प्रतिशत वृद्धि गरी ७० अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २.९९ प्रतिशत बढाएर ६४ अर्ब ६६ करोड ९४ लाख २३ हजार रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी शुन्य दशमलव २६ प्रतिशतले घटेर एक अर्ब ३० करोड ६४ लाख सात हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १२ दशमलव ६४ प्रतिशतले घटेर ७५ करोड ६५ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा छ करोड ८६ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा २३ करोड ५९ लाख रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा एक दशमलव ८६ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १५ दशमलव ४५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक १७ दशमलव ६६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २३ दशमलव २१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ७८ दशमलव ४२ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ३१ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंक लिमिटेड
बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडले चालु अर्थिक वर्षको दोस्रो त्रैमासमा ५१ करोड ९२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ दशमलव ७८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा लक्ष्मीले ४० करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब २२ करोड १६ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोष ४७ प्रतिशतले घटाएर एक अर्ब ८८ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ । बैंकको खुद व्याज आम्दानी २८ दशमलव ७६ प्रतिशतले बढेर ९९ करोड ९८ लाख ७७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४१ दशमलव ०८ प्रतिशतले बढेर ६९ करोड पाँच लाख ९२ हजार रुपैयाँ पुगेको छ । 

निक्षेपमा ८.५० प्रतिशत वृद्धि गरी ६० अर्ब २७ करोड ९३ लाख ९२ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १७.८० प्रतिशत बढाएर ५५ अर्ब दुई करोड २७ लाख १६ हजार रुपैयाँ लगानी गरेको छ । यो अवधिमा चार करोड ३८ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १९ करोड छ लाख रुपैयाँ राखेको छ ।

लक्ष्मी बैंकको निष्कृय कर्जा शुन्य दशमलव ०२ प्रतिशतले घटेर एक दशमलव २९ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति दुई दशमलव ५७ प्रतिशतले बढेर १३ दशमलव ४६ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ दशमलव २३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १९ दशमलव ८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ९४ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ५६ प्रतिशत रहेको छ ।

कुमारी बैंक लिमिटेड
बैंकिङ खबर । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंक लिमिटेडले ४८ करोड दुई लाख छ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७१ दशमलव ९० प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकले २७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चुक्तापुँजी पाँच अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकले २० प्रतिशत हकप्रद निष्काशन गरेर सात अर्ब १६ करोड रुपैयाँ पुर्याउँदैछ । एक वर्षको अवधिमा बैंकको चुक्तापुँजी १२१ प्रतिशतले बढेको हो । बैंकको जगेडाकोष पनि ५७.६४ प्रतिशतले बढेर दुई अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । 

निक्षेपमा ४४ दशमलब ४० प्रतिशतले वृद्धि गरी ५७ अर्ब ६८ करोड ९ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५१ दशमलव २९ प्रतिशतले वृद्धि गरी ५० अर्ब ९२ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ४८ दशमलव ०४ प्रतिशतले बढेर ८२ करोड १६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा तीन दशमलव ८४ प्रतिशतले घटेर ३४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ३७ करोड ८६ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २४ करोड रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा १ दशमलव ६१ प्रतिशत रहेको छ भने जोखिमयुक्त सम्पत्ति १४ दशमलव ४८ प्रतिशत  रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १६ दशमलव ०९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १७ दशमलव ७१ गुणा, प्रतिसेयर नेटवर्थ उक सय ४३ दशमलव ४० रुपैयाँ र तरलता अनुपात २६ दशमलव ३५ प्रतिशत रहेको छ ।

माछापुच्छे बैंक लिमिटेड
माछापुच्छे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ९८ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा माछापूच्छ्रेले ५७ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब पाँच करोड ५६ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडाकोषमा एक अर्ब ४४ करोड ९९ लाख रुपैयाँ राखेको । निक्षेपमा १२ दशमलव ९८ प्रतिशतले वृद्धि गरी ६५ अर्ब ७९ करोड ८३ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १६.२२ प्रतिशतले वृद्धि गरी ६० अर्ब २६ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४.८७ प्रतिशतले घटेर एक अर्ब ६ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९.११ प्रतिशतले घटेर ६८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा पाँच करोड ५२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड १४ लाख रुपैयाँ राखेको छ ।

बैंकको जोखिमयुक्त १५ दशमलव ६७ प्रतिशत, निष्कृय कर्जा शून्य दशमलव ३३ प्रतिशत, प्रतिसेयर आम्दानी ११ दशमलव ९४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव ८७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ७५ प्रतिशत रहेको छ । 

नेपाल बङ्गलादेश बैंक लिमिटेड
नेपाल बङ्गलादेश बैंक लिमिटेडले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा ४३ करोड ८० लाख ४९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ दशमलव ९७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकले ५४ करोड छ लाख २९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याएको बैंकले बैंकले जगेडाकोषमा दुई अर्ब ७९ करोड १० लाख रुपैयाँ राखेको छ । निक्षेपमा २.०८ प्रतिशत वृद्धि गरी ४१ अर्ब ८९ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले कर्जातर्फ १३.५७ प्रतिशत बढाएर ४१ अर्ब ११ करोड ३९ लाख २६ हजार रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी २.२८ प्रतिशतले बढेर ७४ करोड २६ लाख ६८ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १४.८८ प्रतिशतले घटेर ६३ करोड एक लाख ९५ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा चार करोड १० लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा २० करोड ७५ लाख रुपैयाँ राखेको छ ।

नेपाल बंगलादेश बैंकको निष्कृय कर्जा १.४७ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १४.२८ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात (वार्षिक) २६ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३५ रुपैयाँ र तरलता अनुपात २४ दशमलव १२ गुणा रहेको छ ।

मेगा बैंक नेपाल लिमिटेड
बैंकिङ खबर । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव १३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मेगाले ३७ करोड नौ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  

सात अर्ब ३७ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले टुरिजमसँग मर्जरमा जानुअघि नै आठ अर्ब चुक्तापुँजी पुर्याउँदैछ । बैंकले नौ दशमलव ४५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । उक्त बोनस सेयर जारी भएपछि बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । बैंकले जगेडाकोषमा एक अर्ब ६७ करोड ६५ लाख रुपैयाँ राखेको छ । 

निक्षेपमा १८ दशमलव ३२ प्रतिशतले वृद्धि गरी ४५ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा १९ प्रतिशत बढाएर ४० अर्ब ७६ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ९.३४ प्रतिशतले बढेर ८४ करोड ६३ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १०.२४ प्रतिशतले घटेर ४७ करोड ३१ लाख पाँच हजार रुपैयाँ पुगेको छ ।

यो अवधिमा ११ करोड १६ लाख रुपैयाँमा राइट ब्याक गरेको बैंकले २० करोड ८८ लाख ९४ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ । मेगा बैंकको निष्कृय कर्जा शुन्य दशमलव ९६ प्रतिशत र जोखिमयुक्त सम्पत्तिमा १८ दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १० दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४३ दशमलव ०३ गुणा, प्रतिसेयर नेटवर्थ १२२ दशमलव ७३ रुपैयाँ र तरलता अनुपात २५ दशमलव ६५ प्रतिशत रहेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३५ करोड ४५ लख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे चार गुणा बढेको हो । गत अर्थिक वर्षको दोस्रंो त्रैमासमा एनसीसीले सात करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

चार अर्ब ६७ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले दुई अर्ब ९१ करोड ४५ लाख रुपैया जगेडा कोषमा राखेको छ । बैंकले निक्षेपमा ५८ अर्ब ९१ करोड ३५ लाख रुपैयाँ संकलन गरी कर्जामा ५१ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्रवाह गरेको छ । बैंकको खुद ब्याज आम्दानी ४३ दशमलव ०३ प्रतिशतले घटेर ५८ करोड ७४ लाख २८ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२६ दशमलव ८८ प्रतिशतले बढेर १७ करोड ४१ लाख १९ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा ३४ करोड रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १४ करोड ९२ लाख रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १० दशमलव २४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ एक सय ६२ दशमलव २९ रुपैयाँ, तरलता अनुपात २८ दशमलव २३ प्रतिशत, मूल्य आम्दानी अनुपात ३२ दशमलव ३२ गुणा, निष्कृय कर्जा चार दशमलव ०४ प्रतिशत र जोखिमयुक्त सम्पति ११ दशमलव २४ प्रतिशत रहेको छ ।

जनता बैंक नेपाल लिमिटेड
बैंकिङ खबर । जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २७ करोड १७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ६८ दशमलव ४२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा जनताले १६ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंक्ले जगेडकोषमा २२१ प्रतिशतले वृद्धि गरी एक अर्ब छ करोड ६८ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १०६.५४ प्रतिशत वृद्धि गरी ५२ अर्ब ८० करोड १३ लाख ७४ हजार रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ १११.९० प्रतिशत बढाएर ४८ अर्ब ६९ करोड १७ लाख ८३ हजार रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी १३८ दशमलव ५६ प्रतिशतले बढेर ९७ करोड २८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४२ दशमलव ०२ प्रतिशतले बढेर २२ करोड ६२ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा १९ करोड दुई लाख २७ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४१ करोड २२ लाख ३७ हजार रुपैयाँ राखेको छ । 

पुस मसान्तमा जनता बैंकको निष्कृय कर्जा दुई दशमलव ६५ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १६ दशमलव ८७ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ६ दशमलव ७९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १३ दशमलव ३३ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ४७ प्रतिशत रहेको छ ।

सिभिल बैंक लिमिटेड
सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव ६४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १६ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

पाँच अर्ब १८ करोड ५२ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब ७३ करोड ९९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १२ दशमलब ३७ प्रतिशतले वृद्धि गरी ३७ अर्ब ८० लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जा १३ दशमलव ७३ प्रतिशत वृद्धि गरी ३३ अर्ब ५५ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ५.२९ प्रतिशतले बढेर ५७ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचलन मुनाफा दुई सय सातबाट अत्याधिक वृद्धि भई तीन करोड ५५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा २६ करोड रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ३९ करोड ८७ लाख नौ हजार रुपैयाँ राखेको छ ।

सिभिल बैंकको निष्कृय कर्जा ४.५२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १८.३६ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी १३ प्रतिशतले बढेर आठ दशमलव ३४ रुपैयाँ पुगेको छ । बैंकको मूल्य आम्दानी २१ दशमलव ५७ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ३३ दशमलव ५६ रुपैयाँ र तरलता अनुपात २५ दशमलव सात प्रतिशत रहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड
बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड एक लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही त्रैमासको तुलनामा ४५ दशलमव १८ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सेञ्चुरीले १० करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

सात अर्ब ६७ करोड रुपैयाँ चुक्तापुँजी रहेको बैंकले बैंकले जगेडाकोषमा ११० प्रतिशतले वृद्धि गरी एक अर्ब ७६ करोड नौ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ५९ दशमलव ६८ प्रतिशतले वृद्धि गरी ५२ अर्ब १७ करोड ७१ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ६२ प्रतिशतले वृद्धि गरी ४७ अर्ब दुई करोड ४३ लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी ४७ दशमलव ३२ प्रतिशतले बढेर ७६ करोड एक लाख ७६ हजार रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १९ दशमलव ९५ प्रतिशतले बढेर २९ करोड २७ लाख ४९ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा ११ करोड १२ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा १८ करोड १९ लाख ३६ हजार रुपैयाँ राखेको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ५२ प्रतिशतले बढेर शुन्य दशमलव ९९ प्रतिशत रहेको छ भने पूँजीकोष अनुपात दशमलव १२ प्रतिशतले बढेर १८ दशमलव ५४ प्रतिशत रहेको छ । बैंकको निष्कृय कर्जा १८.५४ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी आठ दशमलव ४७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २३ दशमलव ४९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात २७ दशमलव २८ प्रतिशत रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]