बैंकिङ खबर । सोमबार सेयर बजार ३.७२ अंकले घटेर १४०२.२३ अंकमा कायम भएको छ । व्यापार र जलविद्युत् समूह क्रमशः ६.३३ र १.१४ अंकले बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः ४.०४, २१.३६, ५.७१, ३.७८, ०.६५, ३.०१ र ३.५८ अंकले घटेका छन् ।
दिनभरिमा १६० वटा कम्पनीको सात लाख १५ हजार आठ सय ५४ कित्ता सेयर चार हजार एक सय तीन पटक खरिदविक्री हुँदा २८ करोड ५५ लाख ३६ हजार चार सय २४ रुपैयाँको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीको एक करोडमाथिको कारोबार भएको छ । सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनएलजी इन्स्योरेन्स र एभरेष्ट बैंकको क्रमशः ९६ लाख, ९३ लाख, ९० लाख, ८५ लाख, ८३ लाख र ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
सिन्धु विकास बैंक र विशाल बजारका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, अपि पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मिर्मिरे माइक्रोफाइनान्स, रिडी हाइड्रो, अरुण भ्याली हाइड्रो, तिनाउ विकास बैंक, कामना सेवा विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.९४ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रो, तारागाउँ रिजेन्सी, सहयोगी विकास बैंक, स्वरोजगार लघुवित्त, लक्ष्मी बैंक, नागबेली लघुवित्त, सिनर्जी पावर, महिला सहयात्रा माइक्रोफाइनान्स, सिटिजन्स बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।