Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्थिर जस्तै रह्यो सेयर बजार, पाँच दिनमा पौने दुई अर्ब पनि पुगेन कारोबार

२०७४ माघ १२ गते

बैंकिङ खबर । यो साता सुरुको तीन दिन ओरालो लागेपछि अन्तिम दुई दिन सेयर बजार बढेको छ । बजार केही दिन यता, निरन्तर घटिरहेको थियो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १४०६.५२ अंकमा बन्द भएको थियो । यो साता सेयर बजार १४०४.५३ अंकमा बन्द भएको छ । यस आधारमा हेर्दा, साताभरमा सेयर बजार १.९९ अंकले मात्रै घटेको देखिन्छ । 

कारोबार रकम पनि आइतबारदेखि बुधबारसम्म निरन्तर घटेको छ भने विहीबार सामान्य भएपनि बढेको छ । आइतबारको ५० करोड ६१ लाख रुपैयाँको कारोबार भएको बजारमा सोमबार, मंगलबार र बुधबार क्रमशः ३६ करोड, ३२ करोड र २६ करोडको कारोबार भएकोमा विहीबार २८ करोडमाथिको सेयर कारोबार भएको छ । समग्रमा, साताभरमा एक अर्ब ७३ करोड ९० लाख १४ हजार दुई सय ५३ रुपैयाँको कारोबार भएको छ । गत साता तीन दिनमा एक अर्ब नौ करोड ५४ लाख ८५ हजार तीन सय ७५ रुपैयाँको कारोबार भएको थियो ।

सानिमा माई हाइड्रो, ग्लोबल आईएमई बैंक प्रोमोटर लगायतको धेरै कारोबार भएको छ । बजार गिरावटको क्रममा रहँदा धेरै कम्पनीले गुमाएका छन् । विशाल बजारमा सेयरधनीले कमाएका छन् भने गुहेश्वरी फाइनान्स, कालिका माइक्रोक्रेडिट, एभरेष्ट इन्स्योरेन्स, रिडी हाइड्रो लगायतका सेयरधनीले गुमाएका छन् । 

Ad