Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१४ सयको विन्दुमाथि सेयर बजार, कारोबारमा पनि सामान्य वृद्धि

२०७४ माघ ११ गते

बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक ९.८० अंकले बढेर १४०४.५३ अंकमा पुगेको छ । अधिकांश उपसूचक हरियो भएका छन् । सबैभनदा धेरै बीमा समूह ८९.०२ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ८.६१, ८.२८, २७.३५, ६.४१, १.६१, ३०.४५ र २२.४३ अंकले बढेका छन् । विकास बैंक र अन्य समूह भने क्रमशः ३.०६ र १.४५ अंकले घटेका छन् ।

लामो समयपछि थोरै भएपनि कारोबार रकम बढेको छ । बुधबार २६ करोडको कारोबार भएको बजारमा विहीबार २८ करोडको कारोबार भएको छ । दिनभरिमा १५९ वटा कम्पनीको छ लाख ६२ हजार एक सय ६९ कित्ता सेयर तीन हजार छ सय ७० पटक खरिदविक्री हुँदा २८ करोड २२ लाख ४१ हजार पाँच सय ५२ रुपैयाँको कारोबार भएको छ । 

कुल कारोबारमध्ये, सानिमा माई हाइड्रो, नेपाल बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, नविल बैंक, एनआईसी एशिया बैंक, मुक्तिनाथ विकास बैंक, एभरेष्ट बैंक सूर्या लाइफ इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः ९२ लाख, ८४ लाख, ७८ लाख, ७६ लाख, ७२ लाख ६६ लाख र ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

विशाल बजारका सेयरधनीले ५.१९ प्रतिशतका दरले कमाएका छन् । बोटलर्स नेपाल, हिमालयन डिस्टीलरी, नेको इन्स्योरेन्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, नेपाल बैंक, समिट माइक्रोफाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, गुहेश्वरी फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.२० प्रतिशतका दरले गुमाएका छन् । सिनर्जी पावर, दिव्यश्वरी हाइड्रो, ज्योति विकास बैंक, नेपाल हाइड्रो, जलविद्युत् लगानी तथा विकास कोष, छ्याङ्दी हाइड्रो, सिभिल बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, महालक्ष्मी विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Ad