बैंकिङ खबर । लामो समयपछि बुधबार सेयर बजार हरियो भएको छ । नेप्से परिसूचक १.६९ अंकले बढेर १३९४.७३ अंकमा पुगेको छ । फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूह क्रमशः ०.७, २६.२ र २.६२ अंकले घटेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा र अन्य समूह क्रमशः ०.३२, ४.२२, १४.७७, ७.८२, ३.१३, १६.१३ र ५.०८ अंकले बढेका छन् ।
१५६ वटा कम्पनीको नौ लाख ३८ हजार तीन सय आठ कित्ता सेयर तीन हजार दुई सय छ पटक खरिदविक्री हुँदा २६ करोड १५ लाख २५ हजार पाँच सय ५३ रुपैयाँको कारोबार भएको छ । कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार ३२ करोडको कारोबार भएको थियो ।
नेपाल फाइनान्सको प्रोमोटर सेयरको साढे तीन करोड, नविल बैंकको झन्डै दुई करोड र बुटवल पावर कम्पनीको एक करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, युनाइटेड इन्स्योरेन्स, कृषि विकास बैंक, सानिमा बैंक, एनसीसी बैंक र सिटिजन्स बैंकको क्रमशः ९३ लाख, ८० लाख, ६३ लाख, ५८ लाख, ५० लाख, ५० लाख र ४८ लाख रुपैयाँको कारोबार भएको छ ।
एभरेष्ट इन्स्योरेन्सका सेयरधनीले ५.६४ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंक, सिनर्जी पावर, देवः विकास बैंक, छ्याङ्दी हाइड्रो, नेपाल इन्स्योरेन्स, तारागाउँ रिजेन्सी, नेपाल हाइड्रो, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, हिमालयन डिस्टीलरीका सेयरधनीले ५.८० प्रतिशतका दरले गुमाएका छन् । समिट माइक्रोफाइनान्स, रिडी हाइड्रो, वल्र्ड मर्चेन्ट बैंकिङ, गुहेश्वरी मर्चेन्ट बैंकिङ, सहयोगी विकास बैंक, अरुण भ्याली हाइड्रो, फस्र्ट माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् ।