बैंकिङ खबर । मन्जुश्री फाइनान्स लिमिटेडले पाँच प्रतिशत अर्थात एक सय बराबर पाँचको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा तीन करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको तीन लाख ६२ हजार एक सय ९० कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो ।
हाल मन्जुश्री फाइनान्सको चुक्तापुँजी ७२ करोड ४३ लाख ७८ हजार छ सय रुपैयाँ रहेको छ । पाँच प्रतिशत हकप्रद जारी गरेपछि फाइनान्सको चुक्तापुँजी ७६ करोड पाँच लाख ९७ हजार पाँच सय रुपैयाँ पुग्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।