बैंकिङ खबर । बुधबार सेयर बजार ७.१९ अंकले घटेर १४०६.५२ अंकमा कायम भएको छ । लघुवित्तबाहेक सबै उपसूचक घटेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः ७.१७, ७.८१, ७.२, १५.१७, २.९४, ०.८, २.४१ र १०.७४ अंकले घटेका छन् । लघुवित्त भने ४.०१ अंकले बढेको छ ।
दिनभरिमा १५८ वटा कम्पनीको नौ लाख ७९ हजार एक सय ९६ कित्ता सेयर चार हजार चार सय ६० पटक खरिद विक्री हुँदा ४० करोड ४८ लाख ६७ हजार चार सय ६७ रुपैयाँको कारोबार भएको छ । सानिमा माई हाइड्रोको १२ करोड, नविल बैंकको दुई करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक, एसियन लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक र फस्र्ट माइक्रोफाइनान्सको एक करोडमाथिको सेयर कारोबार भएको छ । कुमारी बैंक, सानिमा बैंक, बुटवल पावर कम्पनी र राष्ट्रिय बीमा कम्पनीको क्रमशः ९० लाख, ८६ लाख, ८६ लाख र ८५ लाख रुपैयाँको कारोबार भएको छ ।
जम्मा ४७ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै आरएसडीसी लघुवित्तका सेयरधनीले ५.२७ प्रतिशतका दरले कमाएका छन् भने सिन्धु विकास बैंक, प्रुडेन्सियल इन्स्योरेन्स, एलआईसी नेपाल, लक्ष्मी भ्यालु फण्ड, प्रभु इन्स्योरेन्स, समिट माइक्रोफाइनान्स, ग्लोबल आईएमई समुन्नत स्किम, एनआईबिएल प्रगति फण्ड, महालक्ष्मी विकास बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, अपि पावर कम्पनीका सेयरधनीले ३.५७ प्रतिशतका दरले गुमाएका छन् । ललितपूर फाइनान्स, कुमारी बैंक प्रोमोटर, कामना सेवा विकास बैंक, जेविल्स फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक, सानिमा माई हाइड्रो, ज्योति विकास बैंक, एभरेष्ट इन्स्योरेन्स, जनता बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।