बैंकिङ खबर । सोमबार सेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि आइतबारको तुलनामा उकालो लागेको छ । नेप्से परिसूचक १२ अंकले बढेर १४४३.८० अंकमा पुगेको छ । होटलबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १२२.१६ अंकले बढेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः ९.०५, १.२७, ६.६२, ३.२३, ३.७३, २.८, १२.७६ र २.८५ अंकले बढेका छन् । होटल भने १७.३७ अंकले घटेको छ ।
दिनभरिमा १५७ वटा कम्पनीको आठ लाख ५५ हजार एक सय ३९ कित्ता सेयर चार हजार चार सय ५४ पटक खरिदविक्री हुँदा ४६ करोड ४६ लाख ३९ हजार आठ सय २० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्सको सवा आठ करोड तथा एनबि बैंकको दुई करोडमाथिको कारोबार भएको छ । एभरेष्ट बैंक, नविल बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, फस्र्ट माइक्रोफाइनान्स, सानिमा माई हाइड्रो, एशियन लाइफ इन्स्योरेन्स र नेपाल टेलिकमको एक करोडमाथिको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ९९ लाखमाथिको कारोबार भएको छ ।
मल्टिपर्पोज फाइनान्सका सेयरधनीले ९.०६ प्रतिशत तथा एशियन लाइफ इन्स्योरेन्स र सहयोगी विकास बैंकका सेयरधनीले क्रमशः ५.४५ र ५.१५ प्रतिशतका दरले कमाएका छन् । सेन्ट्रल फाइनान्स, नेपाल हाइड्रो, सूर्योदय लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स, अरुण फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, समिट माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, एनआईबिएल प्रगति फण्ड र फस्र्ट माइक्रोफाइनान्सका प्रेमोटर सेयरधनीले क्रमशः ५.५ र ५.२३ प्रतिशतका दरले गुमाएका छन् । श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, गुडविल फाइनान्स, सिभिल लघुवित्त, मेरो माइक्रोफाइनान्स, नविल ब्यालेन्स फण्ड, एक्सेल डेभलपमेन्ट बैंक, सिनर्जी पावर लगायतका सेयरधनीले पनि गुमाएका छन् ।