Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

एनआइसी एशिया बैंकद्धारा हकप्रद शेयर निष्काशन

२०७३ बैशाख २६ गते

nic asiaएनआइसी एशिया बैंकले ४ः१अर्थात एक सय कित्ता सेयर बराबर २५ कित्ताका दरले हकप्रद निष्काशन गरेको छ । बैंकले ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँ बराबरको ९२ लाख ३७ हजार पाँच सय ४० कित्ता हकप्रद जारी गर्न लागेको हो । लगानीकर्ताले आगामी जेठ १३ गते देखि असार १५ गतेसम्म आवेदन दिन पाउने जनाइएको छ । बैशाख ३० गतेसम्म सेयर किन्ने लगानीकर्ताले यो बैंकको हकप्रद पाउने छन् । यो हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटल रहेको छ । लगानीकर्ताले सिभिल क्यापिटल र एनआएसी एशिया बैंकका सबै शाखाबाट हकप्रद सेयर भर्न पाउँनेछन् । 
 
चुक्ता पुूँजी वृद्धि गर्नका लागि बैँकले यो हकप्रद जारी गर्न लागेको जनाएको छ । हकप्रदपछि बैंकको चुक्ता पुँजी चार अर्ब ६१ करोड ८७ लाख ७९ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षसम्मको नाफाबाट वितरण गरिएको बोनस समेत जोड्दा बैंकको चुक्ता पुँजी यही आर्थिक वर्षको अन्त्यसम्म पाँच अर्ब ४६ करोड ८६ लाख रुपैयाँ पुग्छ । चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकले ८३ करोड रुपैयाँ खुद नाफा कमाउने अनुमान गरिएको छ । 

एनआइसी एशियामा सर्वसाधारण सेयर धनीको लगानी ४९ प्रतिशत र सस्थापक समूहको लगानी ५१ प्रतिशत छ ।