December 19th, 2017

पोखरा फाइनान्सले पायो हकप्रद सेयर निष्काशन गर्ने अनुमति

बैंकिङ खबर । पोखरा फाइनान्स लिमिटेडले एक बराबर ०.१५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ८३ लाख ६८ हजार दुई सय ७४ रुपैयाँ बराबरको नौ लाख ८३ हजार छ सय ८२ दशमलव ७४ कित्ता हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो । 

हाल पोखरा फाइनान्सको चुक्तापुँजी ६५ करोड ५७ लाख ८८ हजार छ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन गरिसकेपछि फाइनान्सको चुक्तापुँजी ७५ करोड ४१ लाख ५६ हजार आठ सय रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर वितरण गरेपछि फाइनान्सको चुक्तापुँजी ८० करोड रुपैयाँ नाघ्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]