December 18th, 2017

१५०८.२५ अंकमा झर्यो सेयर बजार, कारोबारमा सामान्य वृद्धि

बैंकिङ खबर । सोमबार सेयर बजार ०.८९ अंकले घटेर १५०८.२५ अंकमा कायम भएको छ । बैंकिङ, विकास बैंक, बीमा र लघुवित्त समूह क्रमशः ३.०१, १२.२१, २५.५६ र २.०४ अंकले घटेका छन् । व्यापार, होटल, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः ६, २.३६, १३.४४, ३.३१, २१.४८ र ८.६८ अंकले बढेका छन् । 

कारोबार रकम आइतबारको तुलनामा थोरै बढेको छ । दिनभरिमा १६३ वटा कम्पनीको १२ लाख २५ हजार ५४ कित्ता सेयर पाँच हजार दुई सय १९ पटक खरिदविक्री हुँदा ५६ करोड ८३ लाख २१ हजार सात सय ७९ रुपैयाँको कारोबार भएको छ । आइतबार ५२ करोडको कारोबार भएको थियो । 

स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड तथा नेपाल टेलिकम, नेपाल ग्रामीण विकास बैंक, प्राइम बैंक र एभरेष्ट बैंकको दुई करोडमाथिको सेयर कारोबार भएको छ । प्रभु बैंक प्रोमोटर, चिलिमे हाइड्रो, नेपाल लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, नागरिक लगानी कोष लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले ६.९१ तथा सहयोगी विकास बैंक र किसान माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ५.९५ र ५.२९ प्रतिशतका दरले कमाएका छन् । महुली सामुदायिक लघुवित्त, समता माइक्रोफाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, बोटलर्स नेपाल, बिशाल बजार, प्रभु बैंक प्रोमोटर लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, ललितपूर फाइनान्सका सेयरधनीले आठ प्रतिशत तथा कुबेर मर्चेन्ट बैंक र रिलायन्स फाइनान्सका सेयरधनीले क्रमशः ५.२३ र ५.०३ प्रतिशतका दरले गुमाएका छन् । सेन्ट्रल फाइनान्स, काबेली विकास बैंक, गोर्खाज फाइनान्स, सिन्धु विकास बैंक, जानकी फाइनान्स, रिडी हाइड्रो, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]