December 17th, 2017

दोहोरो अंकले परिसूचक घट्दा आधा अर्बको कारोबार, २७ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार ११.०१ अंकले घटेर १५०९.१४ अंकमा कायम भएको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र लघुवित्त समूह क्रमशः १२.७८, ९.३८, १८.६२, १६.६२, ६.४८, ८८.०७ र १२.४६ अंकले घटेका छन् । होटल, उत्पादमूलक र अन्य भने क्रमशः १२.२९, ३५.१ र ८.६७ अंकले बढेका छन् । 

दिनभरिमा १५८ वटा कम्पनीको ११ लाख छ हजार ३९ कित्ता सेयर पाँच हजार दुई सय सात पटक खरिदविक्री हुँदा ५१ करोड १२ लाख १२ हजार एक सय ९२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंकको साढे छ करोड र ग्लोबल आईएमई बैंकको चार करोडमाथिको कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड र गण्डकी विकास बैंक प्रोमोटरको दुई करोड तथा नेपाल टेलिकम, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, बुटवल पावर कम्पनी लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा २७ कम्पनीका सेयरधनीले कमाएका छन् । बोटलर्स नेपाल र महुली सामुदायिक लघुवित्तका सेयरधनीले क्रमशः ८.३३ र ६.०५ प्रतिशतका दरले कमाएका छन् । सहयोगी विकास बैंक, अरुण फाइनान्स, नेशनल माइक्रोफाइनान्स, पूर्णिमा विकास बैंक, महालक्ष्मी विकस बैंक, रुरल माइक्रोफाइनान्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रामोटर, सोल्टी होटल लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, कालिका माइक्रोक्रेडिटका सेयरधनीले ९.०९ तथा कुबेल मर्चेन्ट फाइनान्स र ललितपूर फाइनान्सका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । विशाल बजार, महिला सहयात्रा माइक्रोफाइनान्स, सिनर्जी पावर, गण्डकी विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, समिट माइक्रोफाइनान्स, मल्टिपर्पोज फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]