December 14th, 2017

सांग्रिला डेभलपमेन्ट बैंकको हकप्रद पुस १७ गतेदेखि

बैंकिङ खबर । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पुस १७ गतेदेखि ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशन माघ २१ गतेसम्म खुला रहने बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । 

कमलादीस्थित प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकको शाखा कार्यालयहरु,  प्रभु बैंकको बनेपा, विराटनगर, बिरगंज, जनकपुर र दमक शाखा लगायत आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । 

हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ३५ करोड ८४ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीको ८० प्रतिशतले हुने एक अर्ब आठ करोड ६७ लाख ७९ हजार आठ सय ५० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]