Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
क्यापिटल मार्केट

दोहोरो अंकले घट्यो सेयर बजार, २९ कम्पनीका सेयरधनीले कमाए

२०७४ मंसिर १८ गते

बैंकिङ खबर । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । होटल र उत्पादनमूलकबाहेक सबै उपसूचक ओरालो लागेपछि समग्र नेप्से परिसूचक १०.९० अंकको गिरावटसँगै १५२६.७७ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै १०४.५९ अंकले घटेको छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स, अन्य र लघुवित्त समूह क्रमशः ८.२३, १.४४, १४.७२, १.१, ३.४८, ७.२३ र २०.०६ अंकले घटेका छन् । होटल र उत्पादनमूलक समूह भने क्रमशः १८.९३ र ५.३५ अंकले बढेका छन् । 

दिनभरिमा १५७ वटा कम्पनीको १० लाख १६ हजार चार सय ९३ कित्ता सेयर पाँच हजार पाँच सय ८६ पटक खरिदविक्री हुँदा ५४ करोड २३ लाख ९३ हजार एक सय ३४ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, बुटवल पावर कम्पनीको तीन करोड तथा एनसीसी बैंक, शिखर इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ । जनता बैंक, चिलिमे हाइड्रो, एभरेष्ट बैंक, हिमालयन पावर पार्टनर, एनएलजी इन्स्योरेन्स, नेपालग्रँमीण विकास बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा २९ कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका सेयरधनीले ६.४७ प्रतिशतका दरले कमाएका छन् । वरियन्टल होटल्स, सिनर्जी पावर, ङादी ग्रुप पावर, मिथिला लघुवित्त, देवः विकास बैंक, सूर्योदय लघुवित्त, हिमालयन डिस्टीलरी, रिडी हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, युनाइटेड इन्स्योरेन्सका सेयरधनीले ५.२७ प्रतिशतका दरले गुमाएका छन् । बरुण हाइड्रो, छ्याङ्दी हाइड्रो, कन्काई विकास बैंक, भार्गव विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, तिनाउ डेभलपमेन्ट बैंक, जलविद्युत् लगानी तथा विकास कोष, छिमेक लघुवित्त, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।