Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरएसडीसी लघुवित्तका सीईओको कार्यकाल थपियो

२०७४ आश्विन ८ गते
सेयर:

आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दामोदर जोशीको कार्यकाल थप गरिएको छ । लघुवित्तको शनिबार (असोज ७ गते) बसेको संचालक समितिको बैठकले जोशीको कार्यकाल चार वर्ष थप गर्ने निर्णय गरेको हो । गत भाद्र १० गतेदेखि नै लागू हुने गरी सीईओ जोशीको कार्यकाल पुनः ४ वर्षका लागि थप (नविकरण) गर्ने तथा निजलाई नै कम्पनी सचिवको समेत जिम्मेवारी दिने निर्णय संचालक समितिले गरेको छ । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडीसी लघुवित्तको चुक्तापुँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ ।