Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका प्रसाद पौडेल

२०७४ आश्विन २ गते

नेपाल इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका प्रसाद पौडेल नियुक्त भएका छन् । डा. आत्माराम घिमिरेले भदौ २१ गते दिएको राजीनामा स्वीकृत भएपछि पौडेललाई बाँकी कार्यकालका लागि सर्वसम्मत निर्णयबाट मनोनयन गरिएको हो । 

त्यस्तै, भदौ २६ गते रणकेशव प्रधानले राजीनामा दिएपछि रिक्त रहेको उपाध्यक्ष पदमा छोटेलाल रौनियारलाई) नियुक्त गरिएको इन्भेष्टर्स फोरमले जनाएको छ । फोरमले रिक्त कार्यकारिणी सदस्य पदम। अञ्जिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोनयन गरेको जानकारी दिएको छ । 

विगत लामो समयदेखि नेपाल स्टक एक्स्चेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पद रिक्त रहेकोप्रति पनि इन्भेष्टर्स फोरमको ध्यानाकर्षण भएको छ । पूँजीबजार विकासका लागि सक्षम योग्य एवं अनुभवी प्रमुख कार्यकारी अधिकृत अविलम्ब नियुक्तिका लागि फोरमले नेपाल सरकारसँग जोडदार माग गरेको छ ।

Ad