Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

जेविल्स फाइनान्सको शतप्रतिशत हकप्रद सेयर खुल्यो

२०७४ आश्विन १ गते

जेबिल्स फाइनान्स लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा २८ करोड ८९ लाख रुपैयाँ बराबरको २८ लाख ८९ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । 

कात्तिक ५ गतेसम्म खुला रहने हकप्रद सेयरमा भदौ १२ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । फाइनान्सको हकप्रद आवेदन सनराइज क्यापिटल कमलपोखरी, जेबिल्स फाइनान्स न्युरोड, सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा,  वीरगञ्ज, बुटवल  र  नारायणगढबाट भर्न पाइने सनराइज क्यापिटलले जनाएको छ ।

हकप्रद जारी गरेसँगै फाइनान्सको चुक्ता पूँजी ५७ करोड ७९ लाख रुपैयाँ पुग्ने छ ।

Ad