मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ३० गते वार्षिक साधारणसभा गर्ने भएको छ । साधारणसभामा संस्थाले हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुने छ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
साधारणसभा प्रयोजनका लागि माइक्रोफाइनान्सले असोज २ गतेदेखि १० गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी दिएको छ । जसअनुसार, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०७४ आश्विन १ गतेसम्म कारोबार भई मिति २०७४ आश्विन १० गतेसम्म यस संस्थाको सेयर रजिष्ट्रार ग्लोबल आईएमई क्यापिटल लि., जमल, काठमाण्डौं प्राप्त सेयर नामसारीको लिखतका आधारमा सेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले मात्र पाँचौँ वार्षिक साधारण सभामा भाग लिन र बोनश तथा नगद लाभांश पाउने छन् ।


