Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

राताम्मे भयो नेप्से, सबै उपसूचक ओरालो, निर्धन उत्थानको बोनसमा लगानीकर्ताको आकर्षण

२०७४ भाद्र २५ गते

आइतबार सेयर बजार ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह २९६.७१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य समूह क्रमशः २८.६६, ५१.३४, ४९.६, ४०.४८, १३.०५, २४.२४ र २.८९ अंकले घटेका छन् । 

परिसूचक घटेपनि कारोबार रकम बढेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १५ लाख ५७ हजार तीन सय ८३ कित्ता सेयर नौ हजार एक सय १२ पटक खरिदविक्री हुँदा ९२ करोड ४२ लाख ३४ हजार २३ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, निर्धन उत्थान बैंकको १० करोड र नेपाल बैंकको पाँच करोडमाथिको कारोबार भएको छ भने नविल बैंकको झन्डै पाँच करोडको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको तीन करोडमाथिको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, छिमेक लघुवित्त, नविल बैंक प्रोमोटर, युनाइटेड इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने जनता बैंकको झन्डै दुई करोडको कारोबार भएको छ । 

जम्मा १२ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै समता माइक्रोफाइनान्सका सेयरधनीले ४.९२ प्रतिशतका दरले कमाएका छन् । निर्धन उत्थान बैंक, वल्र्ड मर्चेन्ट बैंकिङ, भार्गव विकास बैंक, अरुण भ्याली हाइड्रो, रिलायबल माइक्रोफाइनान्स, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, एनआईबिएल प्रगति फण्ड, जलविद्युत् लगानी तथा विकास कोष, लक्ष्मी इक्विटी फण्ड, नविल इक्विटी फण्ड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सेयरधनीले कमाएका छन् । 

यता, छिमेक लघुवित्तका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने जनरल फाइनान्स, हाम्रो विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र अरुण फाइनान्सका सेयरधनीले क्रमशः ८.०८८, ७.७७, ६.८३, ६.४४ र ६.३५ प्रतिशतले गुमाएका छन् । सिभिल लघुवित्त, जेविल्स फाइनान्स, आरएसडीसी लघुवित्त, सिनर्जी पावर लगायतका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । 

Ad