सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बोनस सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्न राष्ट्र बैंकको स्वीकृति पाएको हो । कर प्रयोजनका लागि बैंकले ०.८५ प्रतिशत नगद लाभांश समेत दिनेछ ।
गत आर्थिक वर्षमा एक अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थिया बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । बोनस सेयर जारी गरेपछि सिटिजन्स बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । बैंकको आगामी साधारणसभाले पारित गरेपछि बोनस सेयर वितरण गरिनेछ ।