Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तद्वारा बाढीपहिरो पिडितलाई राहत वितरण

२०७४ भाद्र १९ गते
सेयर:

स्वावलम्बन लघुवित्त विकास बैंक लि.ले २०७४ श्रावण २८ गतेको भिषण बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित ८ जिल्ला मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको हो ।

संस्थागत सामाजिक  उत्तरदायित्व अन्तरगत प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी रु.१३ लाख २० हजार २ सय रुपैया बराबरको राहत वितरण गरेको बैंकले जानकारी दिएको छ । त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तरगतको नियमानुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।