फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले उक्त अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको हो ।
उक्त हकप्रद कम्पनीले आगामी असोज ८ गते बस्ने साधारणसभामार्फत पारित गर्नेछ । कम्पनीको उक्त साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयरको प्रस्ताव पनि पारित गर्दैछ ।


