Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

एनआईसी एशिया बैंकले ‘अन द स्पट’ कर्जा दिने, प्रशासनिक शूल्क पनि नलाग्ने

२०७४ भाद्र १३ गते

मंगलबारदेखि नेपाल अटो डीलर्स एशोसिएन (नाडा)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो २०१७’ मा ग्राहकहरुलाई सर्वोत्तम सुविधा दिने उद्देश्यले एनआईसी एशिया बैंकले आफ्नो सबल उपस्थिति जनाएको छ । नेपालको एक मात्र बृहत् उक्त अटो शोमा बैंकले अन द स्पट फाइनान्सिङ (तुरुन्तै कर्जा स्विकृत) गर्ने व्यवस्था गरेको छ । बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधिसम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने छ । साथमा उक्त कर्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत गरिएको बैंकले जनाएको छ ।

साथै नाडा अटो  शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहकहरुलाई यस बैंकले निःशुल्क रुपमा एक लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा समेत उपलब्ध गराउने भएको छ । यस सम्बन्धमा थप जानकारीका लागि ‘नाडा अटो शो २०१७’ मा यस बैंकको स्टल नं. न्ठ वा बैंकका १२० शाखाहरु मध्ये जुनसूकैै शाखामा सम्र्पक गर्न सकिनेछ ।

Ad