नेपाल स्टक एक्सचेन्जले सोमबार ६ वटा ब्रोकरको कारोबारमा रोक लगाएको छ । धितोपत्र बोर्डको निर्देशन अनुसार नेप्सेले ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष एण्ड ब्रोक्रेज एण्ड सेक्युरिटिज, ब्रोकर नं ५५ भृकुटी स्टक, ब्रोकर नं ४० क्रेटिभ सेक्युरिटिज, ब्रोकर नं २८ श्रीकृष्ण सेक्युरिटिज र ब्रोकर नं ४३ साउथ एशियन बुल्सलाई कारोबारमा रोक लगाएको छ ।
पछिल्लो पटक संसोधन भएको धितोपत्र नियमावलीका अनुसार ब्रोकरले प्राप्त गरेको कुल सेवा शुल्कको ०.६ प्रतिशत बराबरको नियमन शुल्क नतिरेकाले कारोबारमा रोक लगाएको बताइएको छ । अर्को सूचना नआएसम्मका लागि यी ब्रोकरहरुको कारोबार बन्द रहने धितोपत्र बोर्डले जनाएको छ ।


