युनियन हाइड्रोपावर लिमिटेडले छ लाख ३३ हजार सात सय ४५ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा छ करोड ३३ लाख ७४ हजार पाँच सय रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
लक्ष्मी क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीको सेयरलाई इक्रा नेपालले सबैभन्दा कमजोर देखाउने ग्रेड फाइभ रेटिङ प्रदान गरेको छ ।
लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको युनियनले २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ ।