Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आरम्भ माइक्रोफाइनान्सको आईपिओको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

२०७४ श्रावण ३१ गते

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्काशनका लागि सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा दुई लाख ९४ हजार कित्ता आईपिओ जारी गर्नका लागि एनआईसी एशियासँग सम्झौता गरेको हो । मंगलबार आरम्भ माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोद आचार्य र एनआईसी एशिया क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

आरम्भ माइक्रोफाइनान्सले आफ्नो जारी पूँजीमध्ये साधारण सेयर सर्वसाधारणहरु र कर्मचारीहरुमा एनआईसी एशिया क्यापिटल मार्फत निष्काशन गर्न लागेको हो ।  

नेपाल राष्ट्र बैंकबाट “घ“ वर्गको इजाजत प्राप्त आरम्भ माइक्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको  मुख्यालय बनेपा १०, काभ्रेपलाञ्चोकमा रहेको छ । सो संस्था नेपालका १५ पहाडी जिल्लामा कार्र्यक्षेत्र तय गरि विपन्न वर्गको आर्थिक उत्थान गर्ने कार्यमा विगत २ वर्ष देखि सक्रिय रहँदै आएको छ । 

सेयर निष्काशन तथा विक्री प्रबन्धकसंगै एनआईसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हालै एनआईसी एशिया क्यापिटलले निः शूल्क डिम्याट खाता साथै प्रथम वर्षको डिम्याट खाता संचालन शुल्क पूर्णरुमा नलाग्ने व्यवस्था गरेको छ ।

Ad