Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आम नागरिकलाई बीमाको महत्व बुझाउनु आबश्यक छ

admin २०७४ श्रावण ३१ गते
सेयर:

नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रुपमा करिब ३० बर्षको अनुभव लिएका आश्विनी कुमार ठाकुरकरिब डेढ बर्षदेखि राष्ट्रिय बीमा संस्थानमा प्रशासकको रुपमा कार्यरत छन् । उनी मानिसको जीवनलाई सार्थक र सुखमय बनाउनको लागि विमा गर्नुपर्ने सुझाउँछन् । यसैबीच, राष्ट्रिय विमा संस्थानले वर्तमानमा बीमा क्षेत्रमा मानिसको आर्कषण बढाउनको लागि ल्याएका योजनाहरुको सेरोफेरोमा रहेर बैंकिङ खबर डटकमले उनै ठाकुरसँग गरेको कुराकानीका आधारमा तयार पारीएको सामग्री  यहाँ प्रस्तुत गरिन्छ :

बीमा सुरक्षाको संयन्त्र हो 
विमा एउटा सुरक्षा संयन्त्र हो । मानव जीवनको आवश्यकता र घटना दुवैको जोखिन न्यूनिकरण गर्नको लागि विमा यन्त्रको रुपमा विमालाई लिन सकिन्छ । कुनै दुर्घटना वा असामायिक मृत्यु भयो भने के गर्ने ? मानव जीवनको मृत्यु यो बेला हुन्छ भनेर हामीले किटान गर्न सक्दैनौँ । त्यसैले अस्वभाविक निधन भयो भने आकस्मिकताको समयमा विमाले ठूलो सुरक्षा गरेको हुन्छ । वर्तमान समयसम्म पनि धेरै मानिसमा विमा गर्नुपर्छ भन्ने धारणा भएको पाइँदैन । यसमा विमाको प्रचारप्रसार गर्न नसक्नु हाम्रो ठूलो कमजोरी होला । विमाको फाइदाहरुको बारेमा पूर्ण रुपमा जनमानसमा सुचना पु¥याउन नसकेको कारण पनि मानिसहरु विमाबारे अनविज्ञ छन् । त्यसैले जनचेतनाको प्रभाव पनि वृद्धि गर्दै सर्वप्रथम त हामीले विगतमा भएका कमी कमजोरीलाई मुल्यांकन गर्दै विमाको पहुँच बढाउने तथा नयाँ पुस्ताहरुमा विमा गर्ने परम्परा पनि बसाल्न जरुरी रहेको छ । 

बीमा गर्ने परम्परा बसाल्नुपर्छ 
विमा दुःखको सहारा हो । त्यसैले मानिसहरुले आय र खर्चको बीचमा जुन केहि बचत हुन्छ, त्यसको प्रोजेक्ट बैंक डिपोजिट या इन्स्योरेन्स हो । तर हाम्रो देशको कुल जनसंख्यामध्ये जम्मा आठ प्रतिशतले मात्र विमा गरेको छन् । अन्य मानिसले विमा गर्न चाहेकै छैनन् । कतिपयले विमा गर्न चाहेपनि त्यो बारे जानकारी लिन सकेका छैनन् । यदि भोलीलाई सम्झेर हामीले विमा गर्ने हो भने, जब हामी निर्बल बन्छौ त्यो बेला सुरक्षा संयन्त्र बन्न सक्छ । त्यसैले बरु हामीले दैनिक रुपमा खाँदै आएको एक कप चिया कम गरेर त्यसलाई बचत या इन्स्योरेन्स गर्ने हो भने त्यो नै सबैभन्दा ठूलो हाम्रो दुःखको सहारा हो भन्नेमा कुनै शंका छैन । 

केन्द्रदेखि जिल्लासम्मका कार्यक्रम लैजानुपर्छ 
भविष्यमा हामी व्यापार, जागिर, उमेर केहि न केहिबाट त अवश्य पनि अवकास लिनैपर्छ । त्यो बेला हामीलाई सुरक्षा दिने भरपर्दो माध्यम नै विमा हो । विगतको तथ्यांक भन्दा पछिल्लो समय विमा गर्नेको संख्या केहि बढ्दै गएको छ । मानिसमा पनि बिमा गर्नुपर्छ भन्ने सचेतनामा बढ्दै गएको छ । तरपनि यसलाई त्यति सन्तोषजनक मान्न सकिन्नँ । कुल जनसंख्याको जम्मा ८ प्रतिशत मानिसले मात्र विमा गरेका छन् । अब यसलाई विस्तार गर्नको लागि हामीले केन्द्रदेखि जिल्लासम्म जनचेतनामा कार्यक्रमहरु लैजान थालेका छौँ । संख्यात्मक रुपमा निर्जिवन विमा गर्नेको बढी छन् । बढी हुनुको कारण बाध्यता पनि छ । जस्तै, बैंकबाट ऋण लिनको लागि विमा गरेको हुनैपर्ने, गाडी किन्दा विमा गरेको हुनुपर्नेजस्ता प्रकृयाले गर्दा निर्जिवन विमाको सख्या बढेको हो । जीवन विमा गर्नेको संख्या उल्लेखनिय छैन । अन्य देशमा विमामा आर्कषण गर्नको लागि कर छुट गरिएको छ । तर हामीकहाँ त्यस्तो छैन । यसबारे पनि सोच्न जरुरी छ । 

नयाँ पोेजेक्टको खाँचो छ 
गाउँ र शहरलाई हेर्ने हो भने गाउँका भन्दा शहरका मानिसले तुलनात्मक रुपमा बढि विमा गरेका छन् । बीमा कम्पनि पनि शहर केन्द्रीत नै छन् । त्यसैले ग्रामिण भेगमा पनि विमा शाखाहरु विस्तार हुनुपर्छ । विमा क्षेत्रमा आर्कषण गर्नको लागि हामीले तत्कालै २ वटा कार्यक्रमहरु ल्याएका छौ, जसमा एउटा जीवन सुरक्षा र अर्को बाल अङ्ग विमा हो । यसले विमा क्षेत्रमा केहिसम्म भएपनि आर्कषण गर्ने छ भन्ने हाम्रो अनुमान छ । त्यस्तै बिमा संस्थानको महालेखा परिक्षण पनि भएको छैन । यसले गर्दा हामीले नयाँ प्रोजेक्ट ल्याउन पनि सकेका छैनौँ ।

पहिला पहिला विमा कम्पनिको नाममा गाउँमा गएर ठग्ने परम्परा पनि थियो । तर हामीले निरन्तर  अनुगमन गरेरै भएपनि त्यसलाई रोकेका छौँ । राष्ट्रिय बिमा संस्थानबाट लाइसेन्स र तालिम दिएका व्यक्तिहरुले मात्र काम गर्न प्रावधान अघि सारेका छौँ । विमा कार्यक्रमलाई पारदर्शी र विश्वसनीय बनाउनको लागि हाम्रो अनुगमन पनि भइरहेको छ । त्यस्तै आगामी आर्थिक बर्षभित्र हामीले नयाँ प्रोजेक्ट ल्याउँछौ ।

स्वदेशी योजनामा पनि लगानी गर्न सकिन्छ 
अपर तामाकोशीमा विमा संस्थानको २ अर्ब लगानी छ । यो लगानी देशको लागि पनि फाइदाको विषय हो । हामीले स्वदेशी लगानीबाट आयोजनाहरु निर्माण गर्नु अर्को उपलब्धि हो । विमा कार्यक्रमलाई विस्तार गर्नको लागि बजार व्यवस्थापन, विमा एजेन्ट, खाशा विस्तार, तथा अनुगमनलाई चुस्त र दुरुस्त बनाउन आवश्यक छ । यसमा चाँहि हामीले कुन हिसाबले ल्याउन खोजेका छाँै भने बैवाहिक दाइजो एउटा अभिशापको रुपमा रहेको छ । १८ देखि २० बर्षका यूवाहरु र तराईको दाइजो प्रथालाई लक्षित गरेर कार्ययोजनाहरु ल्याएका छौँ । यो योजनाले युवाहरुलाई उच्च शिक्षा हासिल गर्नको लागि उल्लेखीय सहयोग गर्नेछ । तराईको दाइजोप्रथालाई रोक्न सघाउ पुग्नेछ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।