Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

रिलायबल माइक्रोफाइनान्सले प्रस्ताव गर्यो २० प्रतिशत बोनस सेयर

२०७४ श्रावण २३ गते
सेयर:

रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यससँगै रिलायबल गत आर्थिक बर्षको कमाईबाट बोनस घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । रिलायबलले अहिले बिक्री गरिरहेको ५० प्रतिशत हकप्रदलाई हिसाब नगरी २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।  
 
कम्पनीको साउन २२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको कमाईबाट २० प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ लाख ९४ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको बताइएको छ । कम्पनीले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल कम्पनीको पाँच करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनसपछि कम्पनीको  पूँजी  ६ करोड ७८ लाख पुग्नेछ । माइक्रोफाइनान्सले अहिले ५० प्रतिशत हकप्रद सेयर बिक्री गरिरहेको छ । हकप्रदमा आवेदन गर्ने म्याद श्रावण २९ गतेसम्म रहेको छ ।

रिलायवलले गत आर्थिक बर्षमा एक करोड १२ लाख रुपैयाँमा खुद नाफा गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१८, मूल्य आम्दानी अनुपात ९७.६९ गुणा छ ।