August 3rd, 2017

सिटिसी मलमा ईजी मोबाइल केयर, ग्राहकलाई सुविधै सुविधा

काठमाडौंको मुटु सुन्धाराको सिटिसी मलको चौथो तल्लामा ईजी मोबाइल केयर प्रा.लि. खुलेको छ । मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्देश्यले नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि संचालन भएको यस कम्पनीको विहिबार एक भव्य कार्यक्रमकाबीच समुद्घाटन भएको छ । 

नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालको प्रमुख आतिथ्यता सभासद तथा सिटिसी मलका अध्यक्ष ईच्छाराज तामाङ, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाह, मोबाइल इम्पोटर्स एसोसिएसनका अध्यक्ष दिपक मलहोत्रा, क्लासिक टेकका चिफ मार्केटिङ अफिसर प्रविण श्रेष्ठ लगायत तथा थुप्रै डिलर, रिटेलर तथा पत्रकारहरुको समुपस्थितीमा कम्पनीले मोबाइलको बिक्री तथा बिक्री पछिको सर्भिसको औपचारिक रुपमा सुरुवात भएको घोषणा गरिएको छ ।  

कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा सहित शुरु गरेको मोबाइल बिक्री तथा सर्भिस सेवाले नेपाली ग्राहकहरुलाई नयाँ अनुभव प्रदान गर्नेछ । यस कम्पनीले ग्राहकहरुको चाहना र ईच्छा बमोजिम मोबाइल बिक्रीका साथै सर्भिस पनि प्रदान गर्नेछ । कम्पनीले मोबाइल सेल्सका लागि अनलाइन पनि संचालन गरेको छ । जसमा अनलाइनबाटै मोबाइल किन्न सकिनेछ । यसको लागि ईजीमोबाइलकेयर डटकममा लगईन गरेर मोबाइल अनलाइन बाटै किन्न सकिन्छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई अधिकतम सुविधा दिनका लागि अनलाइन र अफलाइन दुबैमा रु. ५० हजार भन्दा कम मूल्यको मोबाइल किन्दा २० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरेको छ । यसमा ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरि रु. ५० हजार भन्दा अधिक मूल्य रहेको मोबाइल फोन किन्दा ३० प्रतिशत डाउन पेमेन्ट गरेपछि मोबाइल घर लान सकिने व्यवस्था गरिएको छ । यसमा पनि ग्राहकले आफैंले ६ महिना, ९ महिना र १२ महिनाको मासिक किस्ताबन्दी मध्ये एक छनौट गरेर शुन्य प्रतिशत शुल्क भुक्तानी गर्न सक्नेछन् ।

कुनैपनि ग्राहकले रु. ५० हजार भन्दा माथि मूल्य भएको स्मार्टफोन किन्दा एउटा स्मार्टफोन निशुल्क उपहार प्राप्त गर्नेछ भने रु.५ हजार देखि रु. ५० हजार भन्दा कम मूल्य भएको फोन खरिद गर्दा एउटा फिचर फोन निशुल्क उपहार प्राप्त गर्नेछ । यो सुविधा लिनको लागि ग्राहकहरुको तोकिएको बैंकमा खाता हुनुपर्नेछ भने सो बैंकबाट प्राप्त हुने क्रेडिट कार्डमार्फत कम्पनीबाट सिधै मोबाइल किन्न सकिनेछ ।

कम्पनीले बिक्री गर्ने कुनैपनि ब्राण्ड र मोडलका मोबाइल सेटहरुमा थप १ वर्षको वारेन्टि दिने सुविधा पनि हामीले मिलाएका छौं । यसअघि मोबाइल किन्दा १ वर्षको मात्र वारेन्टी हुने गरेकामा यहाँबाट खरिद गरेको मोबाइलमा थप १ वर्षको वारेन्टी पाईनेछ ।

कम्पनीले नेपालको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमसँगको सहकार्यमा हरेक मोबाइलको खरिदकर्तालाई विशेष डाटा प्याक दिने योजना बनाइरहेको बताएको छ ।

यसका अलावा, क्लासिक टेक प्रालिसँगको सहकार्यमा यस कम्पनीबाट जुनसुकै मोबाइल किन्दा पनि क्लासिक टेकको इन्टरनेट सेवा ३ महिनाको प्याकेजमा १ महिनाको सेवा निशुल्क प्राप्त गर्नेछन् । 

ईजी मोबाइल केयर प्रालिले सर्भिसतर्फ चक्रपथ भित्रका ग्राहकहरुले फोन बिग्रेको जानकारी दिएमा सोहि स्थानबाट पिकअप एण्ड ड्रप सुविधा निशुल्क प्रदान गर्नेछ ।
ग्राहकहरुले दिएको जानकारीको आधारमा सर्भिस सेन्टरमा भएको ग्राहककोे मोबाइल फोन ३० मिनेट भित्र रिपेयर गर्ने सुविधा मिलाईएको छ । कम्पनीबाट कुनैपनि फोन रिपेयर गरेपछि सो फोनमा ३० दिनको रिपेयर वारेन्टी दिईनेछ र त्यस्तो फोन पुनः बिग्रेमा निशुल्क मर्मत गरिने छ ।

कम्पनीको साइटमा कुनैपनि ग्राहकले आफ्नो फोनको बारेमा जानकारी राखेपछि कम्पनीले त्यो फोनको निशुल्क भ्यालूएसन गर्ने सुविधा पनि शुरु गरेको छ, जसले गर्दा ग्राहकले घरमै बसेर आफ्नो पुरानो फोनको मूल्य थाहा पाउन सक्नेछन् ।

ईजी मोबाइल केयरबाट मोबाइल खरिदगर्ने ग्राहकले यहि सिटिसी मलमा रहेको सिने डे सेफमा सिनेमा हेर्न एउटा टिकट खरिदमा अर्को टिकट सित्तैमा प्राप्त गर्ने व्यवस्था मिलाएका छौं ।

कम्पनीले आगामी दिनमा यसभन्दा बढि नयाँ सेवा र सुविधाहरु ल्याउने प्रयास गरिरहेको छ । यो क्षेत्रमा आफूलाई स्थापित ब्राण्डको रुपमा विस्तार हुँदै जाने कम्पनीको लक्ष्य छ ।

हराएको भनिएका मोबाइल फोनहरु चोरीका हुन वा साँच्चिकै हराएका हुन भनेर थाहा पाउन अनलाइनमार्फत नै जानकारी लिन सकिने सुविधा पनि कम्पनीले प्रदान गरेको छ । यो सुविधाले आगामी दिनमा चोरीका फोनहरु बिक्री हुने संभावनालाई न्यून गर्नेछ ।

कम्पनीले रिपेयरका लागि ल्याएका फोनहरुको अवस्था कस्तो छ भनेर थाहा पाउन सकिने सुविधा पनि उपलब्ध गराएको छ ।

ईजी मोबाइल केयर प्रा.लि.का अध्यक्ष संजित पौडेलले मोबाइल बजारमा अझैपनि ग्राहकहरुले चाहे अनुसारको सेवा सुविधा नपाएको हुँदा ग्राहकहरुलाई सस्तो मुल्यमा स्तरीय मोबाइल बिक्री र सर्भिस दिने लक्ष्य लिएको बताए ।

अध्यक्ष पौडेलले भने, ‘‘अहिले पनि बजारमा भरपर्दो र उचित रुपमा मोबाइल बिक्री गर्ने र बिक्रीपछिको सेवा दिने कम्पनीहरु छैनन् । हामी हाम्रा ग्राहकहरुलाई घरैमा पुगेर सेवा दिने र उनीहरुको मोबाइलसम्बन्धि समस्या समाधान गर्ने उद्धेश्यका साथ आएका छौं ।’’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]