पोखरा लेखनाथको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले साउन २९ गतेदेखि नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपिओ निष्काशन गर्ने भएको छ । उक्त सेयर आवेदनका लागि पोखरा फाइनान्स लिमिटेडका सबै शाखाहरु एवं आस्वा सेवा प्रदान गर्ने अन्य बैंक, वित्तीय संस्थाबाट समेत इच्छुक व्यक्तिहरुले फाराम भर्न सक्ने फाईनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले बताए । यो सेयर निस्काशन छिटोमा भाद्र १ र ढिलोमा भाद्र ८ गते बन्द हुने बताइएको छ ।
वित्तीय संस्थाले जारी गर्ने उक्त सेयरको मृ्ल्य प्रति कित्ता रु. २२० रहेको छ । नेपाल राष्ट्र बैंकद्वारा तोकिएको चुक्ता पृ्ंजी रु. ८० करोड कायम गर्नको लागि निकट भविष्यमा पुनः १५ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने फाईनान्सका प्रमुख कार्यकारी अधिकृत राज कुमार गुरुङले जानकारी दिए ।


