Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सामान्य अंकले बढ्यो सेयर बजार, कारोबार एक अर्बमाथि

२०७४ श्रावण १८ गते

बुधबार सेयर बजार सामान्य २.४९ अंकले घटेर १६६२.७४ अंकमा पुगेको छ । बीमा, जलविद्युत्, उत्पादनमूलक र अन्य समूहले झारेको बजारलाई बैंकिङ, होटल, विकास बैंक र फाइनान्स मिलेर सम्हालेका छन् । बीमा, उत्पादनमूलक, जलविद्युत् र अन्य क्रमशः ४९.५२, ३.३७, २.६३ र ०.५८ अंकले घटेका छन् भने बैंकिङ, होटल, विकास बैंक र फाइनान्स क्रमशः १.५६, १४.०३, १२.०५ र ३१.७७ अंकले बढेका छन् । 

कारोबार रकम मंगलबारको तुलनामा सामान्य घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको २१ लाख ६४ हजार आठ सय ४१ कित्ता सेयर आठ हजार सात सय १२ पटक खरिदविक्री हुँदा एक अर्ब तीन करोड ९० लाख चार हजार तीन सय ५९ रुपैयाँको कारोबार भएको छ । 

नेपाल ग्रामीण विकास बैंकको सबैभन्दा धेरै आठ करोड ४८ लाखको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंकको झन्डै पाँच करोडको कारोबार भएको छ । वरियन्टल होटल्स, नेपाल लाइफ र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको तीन करोडमाथिको कारोबार हुँदा रुरल माइक्रोफाइनान्स, प्राइम लाइफ, एभरेष्ट बैंक, हिमालयन डिस्टीलरी, छिमेक लघुवित्त लगायतको दुई करोडमाथिको कारोबार भएको छ । 

नेशनल माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स र वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले क्रमशः ९.९७, ९.९१, ९.८३ र ९.४२ प्रतिशतका दरले कमाएका छन् भने नागरिक लगानी कोष र स्वरोजगार लघुवित्तका सेयरधनीले ८ प्रतिशत तथा बरुण हाइड्रो र नेपाल ग्रामीण विकास बैंकका सेयरधनीले ५ प्रतिशतभन्दा बढीले कमाएका छन् । काबेली विकास बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

युनाइटेड मोदी हाइड्रोका सेयरधनीले सबैभन्दा धेरै ५.२७ प्रतिशतका दरले गुमाएका छन् । एनबि इन्स्योरेन्स, ङादी ग्रुप पावर, सेन्ट्रल फाइनान्स, जेविल्स फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक राष्ट्रिय बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले पनि गुमाएका छन् । 

Ad