मंगलबार पनि सेयर बजार बढेको छ । नेप्से परिसूचक ७.५६ अंकले बढेर १६६०.२५ अंकमा पुगेको छ । बीमा र होटलबाहेक कारोबार भएका सबै समूह बढेका छन् । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः १.३८, ४४.५९, १६.२८, ८.५४, ४३.५४ र ९.५५ अंकले बढेका छन् । होटल र बीमा क्रमशः ३.१२ र ४१.६२ अंकले घटेका छन् ।
परिसूचक बढे पनि कारोबार रकम सोमबारको तुलनामा खासै बढेको छैन । दिनभरिमा १५८ वटा कम्पनीको २१ लाख २१ हजार दुई सय ३८ कित्ता सेयर नौ हजार तीन सय ४० पटक खरिदविक्री हुँदा एक अर्ब चार करोड ५८ लाख ९२ हजार सात सय ३८ रुपैयाँको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल ग्रामीण विकास बैंकको सात करोड १० लाखमाथिको कारोबार भएको छ । वरियन्टल होटल्सको झन्डै चार करोडको कारोबार भएको छ भने मुक्तिनाथ विकास बैंक र प्रभु बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ, डिप्राक्स डेभलपमेन्ट बैंक, रुरल माइक्रोफाइनान्स, छिमेक लघुवित्त, प्रभु इन्स्योरेन्स, फसर््ट माइक्रोफाइनान्स लगायतको दुई करोडमामाथिको कारोबार भएको छ ।
नेशनल माइक्रोफाइनान्स र मिर्मिरे माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाउँदा हिमालयन डिस्टीलरी, कुबेर मर्चेन्ट फाइनान्स, जानकी फाइनान्स र जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले क्रमशः ९.९६, ९.९५, ९.९३ र ९.५७ प्रतिशतले कमाएका छन् । ङादी ग्रुप पावर, एनएमबि माइक्रोफाइनान्स, नेपाल ग्रामीण विकास बैंक, युनाइटेड मोदी हाइड्रो लगायतका सेयरधनीले पनि राम्रो कमाएका छन् ।
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले ८.६२ प्रतिशतले गुमाउँदा अरुण फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ र तारागाउँ रिजेन्सीका सेयरधनीले क्रमशः ६.१५, ५.४७ र ५.४३ प्रतिशतले गुमाएका छन् । गुहेश्वरी फाइनान्स, ललितपूर फाइनान्स, एभरेष्ट बैंक सीपी, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, सिर्जना फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।